कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रबार बस्दै

काठमाडौं, पुस ९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भोलि बिहिबारका लागि बोलाइएको केन्द्रीय कार्य समितिको बैठक पर्सी शुक्रबारका लागि सरेको छ । कांग्रेस भित्र यतिखेर गुट उपगुटको लडाईले पार्टीका सबै विधान, काम लगाएतका कुरालाई विर्साइ दिएको छ ।

आन्तरिक कलहमा रुमलिएको कांग्रेस एक अर्कालाई दोषारोपण गर्दै आफु पानी माथिको ओभानो बन्ने होडमा लागि परेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक पटक पटक बहिष्कार गरेपछि सभापति देउवाले एक साताका लागि स्थगित गरेको केन्द्रीय कार्य समितिको बैठक भोलि बिहिबार दिउँसो १ बजेका लागि डाकेका थियो उक्त बैठक फेरी पर्सीका लागि सारिएको छ ।

पर्सी पनि बैठक बस्ने या नबस्ने अझै टुंगो नलागेको कांग्रेसका एक नेता बताउँछन् । तर पार्टीका मुख्य सचिव कृष्ण पौडेलले आज एक बिज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ बजेका लागि डाकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको जानकारी गराएका छन् । नेपाली कांग्रेसका नेताहरुले भोलीका लागि राम्रै बाहाना समेत भेटेका छन् । भोलि सूर्य ग्रहण भएकाले बैठक सारिएको कांग्रेस नेताको भनाई छ ।