पहिलेका सहिद हराए !
एैलेकाले ठुलो ठुलो स्वरमा कराए !!
सहिदको पनि लामो लिस्ट बनाए !
जबर जस्ती सहिद पो जनाए !!
लोकतन्त्रलाई धेरै धेरैले भजाए !
जनतालाई रैती बनाई कजाए !!
एक युगमा एक दिन त आयो !
उज्यालो कहिल्यै पनि आएन !!
देश र जनताले केही पनि पाएन !
लोकतन्त्रले लछारपाटो लाएन !!
भोको पेटले केही खायो खाएन ?
भान्सेलाई केही पनि थाहा भएन !!
जो भान्से बन्यो उसैका जहान अघाए !
जो जो भण्डारमा भए उही भण्डारी !!
जस्जस्ले कजाईं पाए उही काजी भए !
रैतीजन भोट बेच्नमा नै राजी भए !!
सहिदलाई समयले पलायन बनाए !
जनकविहरु समेत गन्हाउनु गन्हाए !!
झोपडिमा जनवाद सिकाउनेले पनि !
बुर्जुवाको शहरमा दरवार पो बनाए !!
वाह! समाजवाद !!
क्यावात ! जनवाद !!
स्यावास ! साम्यवाद !!
जदौ ! जमानावाद !!
0
Shares