काठमाडौं, पुस १० । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप प्रतियोगिता आउदो माघमा हुने भएको छ । आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले आउदो माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए ।
उक्त च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् ।
टोलीले रु ३५ हजार पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुने भएको छ ।