ओखलढुंगा कांग्रेसका पूर्वसभापति नेता राईको निधन

काठमाडौं, १४ पुस । नेपाली कांग्रेस ओखलढुंगाका पूर्वसभापति कांग्रेसका नेता प्रेमराज राईको गए राति निधन भएको छ । पेटको अल्सरपछि उपचारको क्रममा काठमाडौको सोह्रखुट्टेस्थित मनमोहन मेमोरियल अस्पतालमा गए रातीे १२ः२० बजे देहान्त भएको पारिवारीक स्रोतले बताएको छ ।

नेता राई आफ्नो जीवनकालमा तत्कालीन मोली गाविसको पञ्चप्रधान, नेपाली कांग्रेस ओखलढुङ्गाको सभापति लगायतको जिम्मेवारी सम्हालेका व्यक्ति हुन । नेता राई पूर्वमन्त्री बलबहादुर राइका जेष्ठ सुुपुत्र हुन उनी आफ्ना पितासँगै र अन्य कयौंपटक जेलजीवन यापन गरेका थिए । नेता राई पञ्चायती शासन विरुद्ध बलबहादुर राई पछि सबैभन्दा लामो जेलजीवन यापन गरेका व्यक्ति हुन् ।

राईको शव आज विहान ९ बजेसम्म उक्त अस्पतालमै रहेको र अन्त्यष्ठिका लागि ओखलढुङ्गास्थित आफ्नै गाउँमा लगी कुल परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।

नेर्ता राईको ७२ बर्षको उमेरमा निधन भएको हो । राईको निधनपछि काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला, नेताहरु डा प्रकाशशरण महत, दिलेन्द्र बढु लगाएत अस्पताल पुगी राइप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।