काठमाडौं, पुस १५ । आन्तरिक विवादमा रुमलिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने जनाइएको छ ।
पार्टीका शिर्ष नेतामा देखिएको मतान्तरले ठूलो रुप लिँदा नेपाली कांग्रेस भित्र विवाद सृजना भएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।
पटक पटक सारिएको कांग्रेसको बैठक आगामी विहिबार पनि हुन सक्छ भन्नेमा दुविधा नै रहेको छ ।
0
Shares