क्यानडाको अटावा बाट नेपाली सांगेतिक प्रस्तुति सहित, भिजिट नेपाल २०२० को अफिसियल बिधिवद् उद्घाटन ।

राजु थापा, क्यानडा ।

जनवरी १०, २०२०

नेपाल सरकारले सन् २०२० लाई पर्वको रुपमा नेपाल भ्रमण बर्ष अर्थात भिजिट नेपाल २०२० मनाउन लागे संगै बिदेश स्थित नेपाली दुतावासहरुबाट एकै पटक बिदेशिहरुलाई जानकारी गराउने उद्धेश्य सहित शुभारम्भ गरेको छ । यसै क्रममा उत्तर अमेरिका स्थित क्यानडाको राजधानी अटावामा पनि यहि जनवरी ७ तारिख मंगलबार बाट नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरिएको छ ।

क्यानडाकालागी नेपाली राजदुत महामहिम भृगु ढुङाना, एसिस्टेन्ट डेपियुटी मिनिस्टर फर एसिया पेशिफिक एट द ग्लोबलस अफेयर्स क्यानडाका पल थोप्पी, क्यानेडिएन सांसद चन्द्र आर्या र गैरआबासीय नेपाली संघ क्यानडाका अध्यक्ष चिरञ्जीवी घिमिरेले संयूक्त रूपमा दिप प्रज्वलन गरि नेपाल भ्रमण बर्ष २०२० को औपचारिक उद्घाटन गर्नु भएकाे  थियो।

 

कार्यक्रमा अथितिहरुलाई स्वागत गर्दै महामहिम राजदुत भृगु ढुङानाले नेपाल सरकारले भ्रमण बर्षको लागि आबस्यक पुर्बाधार सम्पन्न गरि बिश्वभरि बाट २० लाख पर्यटक भित्राउन नेपाल सरकार तयार रहेको बताउदै क्यानडियनहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।

यसै गरि गैरआबासीय नेपाली संघ क्यानडाका अध्यक्ष तथा नेपाल भ्रमण बर्ष २०२० को क्यानडा संयाेजक चिरञ्जीवी घिमिरेले सस्था तथा क्यानडामा बस्ने सम्पुर्ण नेपालिहरुको प्रतिनिधित्व गर्दै नेपाल सरकारले मनाउदै गरेको भ्रमण बर्ष सफलबनाउन नेपाल सरकार, राजदुताबास, नेपाली समुदायका संघ सस्थाहरु र एन आर एन ए क्यानडाले हातमा हात मिलाउदै विभिन्न कार्यक्रम मार्फत क्यानडियन समुदायमा प्रचार प्रसार गर्नुपर्ने र एन आर एन ए क्यानडाले विभिन्न कार्हक्रमहरु शुरु गरिसकेको बताउनु भयो।

क्यानडियन मन्त्री पल थोप्पिले भ्रमण बर्ष सफल बनाउन आफुले सक्दो सहयोग गर्ने बताए।

सांसद चन्द्र आर्याले नेपाल भ्रमण बर्षको स्वागत गर्दै नेपालको बारेमा राम्रोकुराहरु राखेका थिए। नेपाली राजदुताबासका कर्मचारी प्रकाश अधिकारिले नेपालको पर्यटन स्थान तथा सुबिधाहरुको बारेमा स्लाईड शो मार्फत जानकारी गराउनु भएको थियो ।

नेपाल सरकारको निर्देशन र नेपाली राजदुतावास अटावाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाल भ्रमण गरिसकेका क्यानेडियनहरु, क्यानडियन मन्त्री, सांसदहरू, अन्य देशका राजदुतहरु, पर्यटन ब्यबसायीहरु, पर्बतारोहीहरु, गैर आबासिय नेपाली संघ क्यानडा, नेपाल भ्रमण बर्ष २०२० समन्यय समितीका सदस्यहरु, नेपाली समुदायका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु लगाएत बिदेशिहरूको उल्लेख्यमात्रामा उपस्थिति रहेको थियो ।

जिटिए भित्र बसोबास गर्ने र अधिकांस कार्यक्रमहरुमा उपस्थित हुने बिभिन्न पेशाका नेपालीहरुको उपस्थिति भने न्यून रहेको थियो । केहि संघ संथाका पदाधिकारीहरु लगायत अन्य नेपालीहरुलेत कार्यक्रमको बारेमा केहि थाहा नभएको समेत बताएका थिए ।

Press Release-Launching Ceremony

केहि महिना अगिनै नेपाल भ्रमण बर्षको प्रचार प्रशार अनुरुप जिटिए भित्र पर्ने मिसिसागा र ब्रामटन शहरमा चल्ने पब्लिक बसहरुमा भिजिट नेपालको स्टिकर टासेर ब्यक्तिगत रुपमा शुभारम्भ गर्नु भएका क्यानडाका लागि पर्यटन सद्भाबना दूत नर बहादुर टन्डनको पनि उक्त कार्यक्रममा उपस्थिति देखिएन ।

हिमालयन भाईब्सले नेपाली आधुनिक संगित प्रस्तुत गरेको थियो भने स्थानिय कलाकारहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।