राजु थापा, क्यानडा ।
१९ जनवरी, २०१९ ।
क्यानडाको बिभिन्न क्षेत्रमा रहेको दक्ष सीप र ज्ञानलाई नेपालको बिकाशमा लैजान सके ठुलो फाईदा हुने कुरा क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले बताउनु भएको छ ।
साथै उहांले नेपाल र क्यानडा सम्बन्ध भबिष्यमा अझ प्रगाढ हुदै जाने, त्यसका लागि आफुलाइ नेपाल सरकारले कार्य गर्न पठाएकोले त्यसमा आफु लागि परेको जनाउदै सबै क्षेत्रबाट सहयोग गर्न क्यानडा बासीहरूमा अनुरोध समेत गर्नु भएको छ । उक्त कुरा हिजो उहाँले नेपाल तथा क्यानडाको दौत्य सम्बन्ध ५५ बर्ष पुगेको अबसरमा ग्रेटर टोरोन्टोको मिसिसागा शहरमा नेपाली संघ संथाका प्रतिनिधिहरु लगायत अन्य नेपाली समूदायका सदस्यहरुको उपस्थितिमा कन्सर्न नेपाल क्यानडाले गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपबाट बताउनु भएको हो ।
कार्यक्रममा मिसिसागा एरेन सेन्टर कि सांसद इकारा खालीद, एनआरएन क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरे, ब्रामटन साउथकि सांसद सोनीया सिधुको तर्फबाट प्रतिनिधिका रुपमा सर्वजीत लगायत जिटीएमा रहेका बिभिन्न संघ संथाका प्रतिनिधिहरु, सामुदायिक ब्यक्तित्वहरुले नेपाल क्यानडा सम्बन्ध बिकाशमा प्रवासी नेपालीहरुको भूमिका कस्तो हुन पर्छ भन्ने बिषयमा आआफ्ना धारणा राखेका थिए । मौसमको प्रतिकुल असरले कार्यक्रममा अझै उल्लेख्य सहभागिता भने हुन सकेन तर पनि कार्यक्रम महत्वपूर्ण रह्यो ।
एघार बर्ष अधि क्यानडा नेपाल सम्बन्ध विस्तार गर्न क्यानडाको तर्फबाट ध्यान आक्रिस्ट गराई सरकारलाई काम गर्न सजिलोका लागि स्थापना गरिएको कन्सर्न नेपाल क्यानडाले प्रत्यक बर्ष नेपाल र नेपालीको प्रत्यक्ष सरोकार राख्ने खालका गतिबिधिहरु क्यानडामा गर्दै आईरहेको छ ।
कन्सर्न नेपाल क्यानडामा कुनै पनि पद नभएको र संथा संग आबद्धता भएका वा नभएका सवै जना भोलेन्टिएरको रुपबाट सामाजीक कार्य गर्दै आईरहेका छन् साथै यो कुनै राजनितिक आस्था, पक्ष, गुट उपगुट संग आबद्धता र संलग्न समेत नभएको जनार्इएको छ । यसको उत्थान गरि नेपालको कन्सर्नमा क्यानडाले खेल्नु पर्ने भूमिकामा प्रत्यक्ष सक्रिय रुपमा संथाको तर्फबाट चन्द्र राई, डा.तुल्सी धरेल, गोविन्द सिवाकोटी र शुवाष दतराज लगायत लागि परेको पाईन्छ । कार्यक्रमको शुभारम्भमा दुवै देशको राष्ट्रिय गान बजायर गरिएको थियो । कार्यक्रमको संचालन गोबिन्द सिवाकोटि र माधव गजुरेलले गर्नुभएको थियो ।