बिरगंज, माघ १८ । पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा न. १२ मुर्ली चोक घण्टाघरतर्फबाट गण्डक जाँदै गरेको बा.१५ च ७७७१ न.को स्कार्पियो अनियन्त्रित भई २०७६ माघ १६ गते अं.२३:१७ भएको थियो ।
पर्सा डिभाईडरमा ठोकिँदा दुर्घटना भई सो स्कार्पियोमा सवार निम्न स्थान बस्ने निम्न व्याक्तिहरु घाईते भएको भन्ने खबर प्राप्त हुन साथ तत्काल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय तथा प्रहरीको सहयोगमा घाईतेहरुलाई उपचारको लागि बीरगंज स्थित नारायणी अस्पतालमा पठाईएको थियो ।
उक्त स्कार्पियो चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा न. ५ बहुअरी बस्ने अजय कुमार पटेलको छोरा अं.बर्ष १६ को आकाश पटेल उपचारको क्रममा २४:४० बजे मृत्यु भएको जनाइएको छ । उक्त दुर्घटनामा परी घाईते हुनेहरुमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न .१० बस्ने बर्ष १८ को ओम पुरीको दाईने खुट्टा, अनुहार तथा हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । सोही स्थान अन्तर्गत रानिघाट बस्ने बर्ष १६ को सोनु साह कानुको दाईने हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीको भनाई छ । त्यस्तै जिल्ला बारा फेटा गाउपालिका वडा न. १ भलुही बस्ने बर्ष १८ को धिरेन्द्र दासको टाउकोमा र पिठ्युमा चोट लागेकाले उनको अवस्था पनि सामान्य नै रहेको जनाएको छ । उनको थप उपचारको लागि न्युरो हस्पिटल २४:४० बजे रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । साथै जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा न.३० बस्ने बर्ष १८ को जयन्त अलि अन्सरी छातिमा चोट सामान्य तराई हस्पिटलमा उपचार पश्चा त ०२:१५ बजे डिस्चार्ज भएको प्रहरीको भनाइ छ ।