सांसद प्रदिप यादवद्वारा शितलामाई मन्दिर शिलान्यास

राहुल गुप्ता,

वीरगंज, फागुन १८ । पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदिप यादवले भेडियाहीस्थित रहेको शितलामाई मन्दिरको शिलान्यास गरेका छन् । सांसद यादवले एक कार्यक्रमका बिच हिजो उक्त मन्दिरको शिलान्यास गरेका हुन् । बिरगंज महानगरपालिकाको वडा न. १५ भेडियाहीमा रहेको सो मन्दिर पौरणीक र ऐतिहासिक साँस्कृति सम्पदाको रुपमा चिनिदै आए पनि पछिल्लो समयमा जीर्ण बन्दै गएको थियो ।

संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनः निर्माण गर्न जनस्तरबाट माग भएबमोजिम सोही क्षेत्रबाट निर्वाचित सांसद यादवले मन्दिरको विधिवत पूजा पाठ गरी शनिबार एक कार्यक्रमका बिच शिलान्यास गरे । पर्सा क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको सांसदीय कोषबाट रु १० लाखको लागतमा उपभोक्ता समितिमार्फत काम हुने गरि मन्दिरको शिलान्यास गरेको छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले धर्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाजिक प्रतिष्ठा र शक्तिसंग जोडिएको र मठ मन्दिरले हाम्रो पूर्खाहरुको इतिहास, संस्कृति र भेषभूषालाई पनि जर्गेना गर्न निकै ठुलो महत्व रहेकोले धार्मिक आस्थासंग जुटेको मठमन्दिरलाई संरक्षण, सम्बद्धन तथा विकास कार्यमा पनि लागेको बताए । ‘‘

मानव संस्कृतिको विकाससंगै धर्मको अर्थ समाज र व्यक्ति, जातिय अनुसार फरक फरक भएपनि राज्यले हरेक समुदायको धर्म्भित्र सहज र धर्ममैत्री बाताबरण सृजना गरी सबै धर्मको लोकप्रियता बढाउने कार्यमा लाग्नु पर्छ । उनले भने’’ मन्दिर शिलान्यास कार्यक्रममा समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष इश्वर यादव, जिल्ला सदस्य रमेश यादव, युवा नेता कुन्दन ंिसंह कुर्मी, समाजवादी बिधाथी ठाकुराम एकाई अध्यक्ष ठाकुर हरिन्द्र साह, युवा नेता ओम प्रकाश सर्राफ लगायतको सहभागीतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।