राजनीतिक जीवनकै अग्नि परीक्षामा प्र.मं.ओली

प्रधानमन्धी के..पी. शर्मा ओलीको समग्र राजनीतिक जीवन नै कति सफल र कति असफल भन्ने अग्नि परीक्षा आरम्भ भएको छ । एकातिर जीवनभर साथ रहेर राजनीति गरेका आफ्नै दलका सहयात्री मित्रहरुको सन्तुल मिलाउनु पर्ने र अर्कोतिर वर्तमान राज्यसत्ताको सर्वशक्तिमान प्रधानमन्त्री पदमा आफुलाइ टिकाई राख्नु प्र.मं. ओलीका लागि चुनौति बन्न पुगेको छ । मौजुदा राज्यसत्ताका सबै शक्तिहरुआफैमा निहित रहेको अवस्थामा पनि उनी निरीह जस्तो भएर पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीको संगठन सत्तामा शक्तिशाली देखिएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले जे भन्छन्, सोही अनुरुपआफुलाइ चलायमान गर्ने वाआफुमा निहित राज्य शक्तिको प्रयोग गरेर उनीलाई कम्जोर पार्दै अगाडि बढ्ने चुनौति पनि प्र.मं. ओलीका सामू रहेको देखिन्छ ।
राजनीतिमा जो व्यक्ति शक्तिशाली हुन्छ, स्वाभाविक रुपमा अन्य सहयात्रीहरु एकत्रित भएर उसलाई प्रथमतः दुर्बल बनाउने त्यो पनि सम्भव नभएर पदबाटै विस्थापित गरिदिने रणनीतिमा लाग्ने गर्दछन् । महाभारतदेखि के.पी. ओलीसम्मको राजनीतिक रस्साकस्सीमा सतहमा आएको यही चरित्र हो र उनीको अवस्था पनि यो भन्दा पृथक छैन । अर्थात् नेकपाको संगठन र नेपालको राज्यसत्ता दुबैमा के.पी. शर्मा ओली शक्तिशाली भएपछि उनीलाई सन्तुलनमा राखेर आफ्नो राजनीतिक जोगाडमा माधव कुमार नेपाल लगायतका नेताहरु सक्रिय रहँदै आएको सर्बविदितै भएको कुरा हो । तर पछिल्लो पटक प्र.मं. ओलीमा एकाएक शक्तिको भूत सवार भएको देखिन्छ । खासगरी दोस्रो पटकको सफल किड्नी प्रत्यारोपणपछि उनीमा शक्तिको उन्माद बढेको देखिन्छ र त्यही आफुमा निहित राज्यसत्ताको शक्तिको वलले नेकपा भित्र र बाहिरका आफ्ना प्रतिस्पर्धीहरुलाई किनारा लगाउने आत्मघाती खेलमा उनी हात धोएर उत्रिएको पाइन्छ । यो प्रथमतः अरुलाई भन्दा उनीकै लागि पतनको प्रस्थानबिन्दु बन्ने खतराको संकेत भएको आभाष हुन थालेको छ ।
यद्यपि प्रधानमन्त्री ओलीले निहित शक्तिको प्रयोग गर्ने आशय व्यक्त गरेका छन् । काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उक्तिलाई चारितार्थ गर्दै उनीले मौजुदा राज्यशक्तिको स्रोत व्यक्ति राष्ट्रपति आफु अनुकूल भएको प्रदर्शन गरिसकेका छन् र वर्तमान नेपालको राजनीतिमा राष्ट्रपति र प्रधानमन्त्री एक भएपछि उनीहरुलाई कसैले छुन वा चलाउन नसक्ने मनोविज्ञानबाट समेत उनी निर्देशित हुन थालेको पुष्टि गर्ने प्रयाश गरेका छन् । त्यसको ज्वलन्त उदाहरण राष्ट्रपति विद्यादेवी भण्डारी र चिनीया राष्ट्रपति जी सिनफिङ बीच “कोरोना भाइरस बिरुद्धको विश्वव्यापी लडाईंमा चीनले नेपाललाई बलियो साथ दिने छ” भनी टेलिफोन वार्ता गराउनु हो ।
पछिल्ला राजनीतिक घटना क्रमहरुले मुलुकको राज्यसत्ता र नेकपाको संगठन सत्तामा शक्तिको राजनीतिमा अवतरण गर्ने कि साधनमा सीमित रहेने भन्ने समग्र राजनीतिक जीवनकै अग्नि परीक्षामा प्र.मं. ओली परेका छन् । यस परीक्षामा उनी खरो भएर उत्रिन सके भने नेकपामा निर्बिकल्प सर्वशक्तिमान राज नेताको रुपमा स्थापित हुनेछन् र असफल भए स्वतः पतन भएर पृष्ठभूमिमा थन्किएर बस्न बाध्य हुने छन।