नेपाल प्रहरीका डिआइजी बिश्वराज पोखरेल ले ‘प्रहरी मेरो साथि’भन्ने नेपाल प्रहरी को नारालाइ सत्य साबित गरिदिएका छन।महानगरिय प्रमुख भए लगतै पोखरेलले सबै दर्जाका प्रहरीहरुलाइ एकैप्रकारको मेष संचालन गरिनुका साथै ‘समुदाय प्रहरी साझेदारी’जस्ता नाराहरु लागुगरेर दर्जनौ आन्तरिक सुधारका महत्वपूर्ण कार्य गरेकोत छंदैछ,तर अहिलेको बिषम परिस्थिति देश कोरोना त्रास ले आक्रन्त पारिरहेकै बेला जिम्मेवारी काठमान्डौ उपत्यका को सुरक्षा ज़िम्मेवारी लिएको महानगरीय प्रहरी प्रमुख डिआइजी विश्वराज पोखरेल गत चैत ८ गतेदेखि उपत्यका प्रहरी कार्यलय रानीपोखरीमा चौबीसघण्टे ‘ड्युटी’ मा अहोरात्र खटिरहेकाछन।चैत्र आठ गते देखि डिआइजी पोखरेल को भान्छा र विछ्यौना पनि कार्यालयमै छ ।
कोभिड १९ को उच्च जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनले दैनिक नागरिक सुरक्षाको जिम्मेवारी त छँदैछ,महामारीजन्य परिस्थितिमा उपत्यकामा हातधुने अभियान सञ्चालन गर्ने, राहत वितरणदेखि लकडाउन पालना गराउने सम्म को नयाँ दायित्व पनि नेपाल प्रहरीलाइ थपिदिएको छ।
नागरिकहरुको स्वास्थ्य सुरक्षा लाइ ध्यानमा राख्दै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी बिश्व पोखरेलले मानिसलाई घरबाहिर सडकमा निस्किन नदिने, निस्केको पाए सम्झाइबुझाइ गर्ने, सडकमै उभ्याएर कोरोना सङ्क्रमणबाट बच्ने चेतनामूलक सन्देश सुनाउने, ठाउँठाउँमा राखिएका साबुनपानीले हात धुन लगाउने, थप केही भएमा आफुलाइ संपर्क सम्पर्क गर्ने जस्ता कुराहरु आफु मातहतका युनिट र कर्मचारि हरुलाइ निर्देशन दिएका छन।
महानगरीय प्रहरी कार्यालय मातहतमा काठमाडौँ, भक्तपुर र ललितपुरमा गरि २३८ युनिट छ र सबै युनिटमा करिब नौ हजारको हाराहारिमा प्रहरी कर्मचारी रहेका छन।सबै कर्मचारि राजधानीवासीलाई कुनै पनि समस्या पर्न नदिन,बन्न्द पालना गराउनेदेखि राहत वितरण गर्न देखी नागरिक हरुको शान्ति सुरक्षाको जिम्मामा अहोरात्र खटिरहेका छन।महानगरीय प्रहरीले पछिल्ला दिनमा काठमाडौँबाट बाहिर जान चाहने यात्रुलाई समेत अवस्था हेरेर सहजीकरण गरिरहेको छ ।
डिआइजी पोखरेल यस्तो विषम परिस्थितिको बेला कुनै घटना नघटोस भनेर २४ चौबीसै घण्टा आफै खटिएर प्रहरी कर्मचारीको मनोबल बढाइरहेका छन।संसारले नै पहिलोपटक व्यहोरेको लकडाउनको समयमा नेपाल प्रहरीलाई पनि भिन्न परिस्थितिको सामना गर्नुपरेको र नयाँ–नयाँ काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
कोरोना सङ्क्रमणको शुरुमा स्वास्थ्यविज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न भनेर सुझाएपनि तेतिबेला नागरिकमा चेतना आइसकेको थिएन । साबुनपानीको व्यवस्था गर्नसके त्यसले पनि नागरिकको स्वास्थ्य सुरक्षामा सहयोग पुग्छ भन्ने लागेर पोखरेलले माछापुछ्रे बैंकको सहयोगमा राजधानीका बिभिन्न १६वटा स्थान का चोक चोकमा पॉचहजार लिटरको ट्याडंकी सहित साबुनको ब्यबस्था गरि हातधुने अभियान शुरु गरेका थिए यसरी राजधानिमा पोखरेलके शुरुगरेको अभियान अत्यन्तै प्रभाबकारि बनेर मुलुकभरनै नै सन्देश प्रवाह गर्नसफल भयो।लकडाउन ले दैनिक ज्याला मजदुरि गरेर खाने श्रमिक हरुमा निम्त्याउने समस्यालाइ ध्यानमा राखी बिभिन्न बैंकहरुसंग सहकार्य गरेर राहत दिने योजना ल्याइयो । हामीलाई सम्पर्क गर्नुहोस् हामी खाद्यान्न उपलब्ध गराउँछौँ भनेर पोखरेलले सार्वजनिक आग्रह पनि गरे । जहाँ कठिनाइ छ त्यहाँ जनप्रतिनिधि तथा समुदायको सहयोगमा प्रहरीले राहत वितरण गर्ने वातावरण सिर्जना गरि काम पारदर्शीरूपमा भएको डिआइजी पोखरेल बताउछन “नेपाल प्रहरीले कहीँकतैबाट पनि पैसा लिएका छैन र सहयोग गर्नेले सामान ल्यादिन्छन्, ती सामान हामी सहज तरिकाले लक्षितबर्गमा पुर्याउनेगरेका छौ।
कार्यालयकै प्रयासमा करिब करिब पच्चिस सय ले राहत पाइसकेका छन् । अभाव झेलेका जनता छनोट गरेर सहयोग गर्ने गरिएको र स्थानीय निकायको राहत वितरण, सङ्घसंस्थाको सहयोग, सरकारको लगानी तथा राज्य संयन्त्रको विभिन्न निकायकै कारण भोको बस्नुपर्ने अवस्था अन्त्य हुनुका साथै शान्ति सुरक्षामा पनि ठूलो सहयोग भएको छ ।”
बिभन्न निकायले गरेको राहत वितरणमा प्रहरीले समन्वय गरेर पुर्याइदिने काम मात्रै गर्छ अरु काम सम्बन्धित संस्थाले नै गर्ने गरेको छ । नेपाल प्रहरीले गरेको राहत वितरणमा शुरुका दिनमा बालबालिका, वृद्धवृद्धा अनाथ राखिएको ठाउँमा अभाव देखिएकाले त्यहाँ वितरण गरिएको थियो । पछिल्लो समयमा फोनमा आएको जानकारीका आधारमा वितरण भइरहेको छ । “अभाव भन्ने विषय सुरक्षासँग जोडिन्छ, अभाव भयो भने मानिसले अपराध गर्छ, त्यसलाई रोक्न आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्छ, चुलो बल्ने अवस्था सिर्जना गर्नुपर्छ भनेर ने राहत अभियान शुरु गरेको”, डिआइजी पोखरेल बताउछन।
लकडाउनका बेला पहिलो प्रहरीलाई व्यवस्थित ढङ्गले अगाडि बढाउने कुरा चुनौतीपूर्ण थियो । अर्को लकडाउन के हो भनेर बुझाउने र यो अवस्थामा नागरिकको समस्या र अप्ठ्यारो के हो त्यसलाई ध्यानमा राखेर नै प्रहरीले दैनिक उपभोग्य सामग्री खरिद बिक्रीका लागि सहजीकरण गर्दै बजार आपूर्ति व्यवस्थालाई सहजीकरण गर्न प्रहरीले ध्यान दियो । यो सबै परिस्थितिको समुचित व्यवस्थापनले नै लकडाउन सफल बनेको कुरा सर्बबिदितै छ।
लकडाउन उल्लङ्घन गर्नेलाई पहिले समातेर छाड्ने गरिएको थियो । त्यसले रोगको सङ्क्रमण हुनसक्ने तथा अन्य समस्या हुनसक्ने भएकाले सडकमै निश्चित समय उभ्याउने र कोरोनाबारे शिक्षा दिने अभियान पनि महानगरीय प्रहरी कार्यालयले नै थालेको थियो । यो योजना प्रभावकारी भएकाले देशभर लागू गरिएको छ ।
लकडाउनको अवधिमा आपराधिक घटना भने न्यून छ । पोखरेलका अनुसार यो अवधिमा कूल २०२ घटना तीन जिल्लामा भएको पाइएको छ । त्यसमध्ये काठमाडौँमा १६५ घटना भए । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेको छ ।
जसमा सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएको छ भने बैंकिङ कसुरका ३३ उजुरी परेको छ । ज्यानसम्बन्धी कसुरका ३५ र २१ जनाले आत्महत्या गरेको फेला परेको छ । प्रहरी सडकमा छन्, नागरिक घरमा छन्, त्यसैले पनि अपराध रोकिएको प्रहरीको निष्कर्ष छ ।
पोखरेलका अनुसार सबै अपराध एकदमै न्यून छ, घटनाको हिसाबले आत्महत्या र भवितव्य ज्यानका घटना भएका छन्, केही बलात्कारका घटना छन्, अन्य घटना नगन्य छ । नागरिक परिवारसँगै घरमा छन्, प्रहरीहरू सडकमा छन्, यसको मुख्य कारण यही हो । हिजोका दिनमा नागरिक समाजमा आउँथे, घुलमिल पछि विमति हुन्थ्यो, होटल रेष्टुरेन्टमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो । अहिले नागरिक घरमा प्रहरी सडकमा भएकाले नै यो सफल भएको हो ।
संसारभर नै लकडाउनका कारण महिला हिंसामा वृद्धि भइरहेको विवरण सार्वजनिक भइरहेको छ । नेपालको अवस्था के होला त ? हाम्रो जिज्ञासामा उहाँ भन्नुहुन्छ, “उपत्यकामा अहिलेसम्म उजुरी परेको छैन, अन्याय भयो भन्नेलाई बाहिर आउन खुला नै छ, हिंसा भयो भन्ने जानकारी आउनेबित्तिकै प्रहरी पुगेको छ, तर यस्ता घटना शून्य नै छ।
उपत्यकाको तीन जिल्लामा लकडाउनको एक महिनाको अवधिमा १६ हजार महिलासहित ७३ हजार १६१ जनालाई कारवाही गरिएको छ । झण्डै १३ हजार सवारी नियन्त्रणमा लिइएको छ । प्रहरीले अत्यावश्यक काम परेमा हटलाइन १०० वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न भनेको छ । दैनिकरूपमा उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार कारवाहीमा परिरहेका छन् ।
पोखरेल भन्छन , “कस्तो हुँदोरहेछ लकडाउन भनेर हेर्न निस्कने, मापसे गरेर निस्कने, एक जना गए हुने काममा धेरै जना जाने, उपत्यकाबाट घर फर्कने मानिसको सङ्ख्या धेरै हुनेलगायत कारणले उल्लङ्घन भएको पाइयो, सबैलाई सम्झाइबुझाइ समस्यामा परेकालाई समन्वय गर्ने काम प्रहरीले गरिरहेको छ ।”
यस्तो बेलामा प्रहरीको भूमिका थप बढी छ । हिजोको दिनमा भन्दा बढी प्रहरी खटिएका छन् । एक प्रहरीले १२ देखि १६ घण्टा काम गरिरहेको छ । सडकमा प्रहरीको उपस्थिति निरन्तर देखाउनुपर्ने चुनौती पनि छ । लकडाउन कार्यान्वयन गर्नका लागि पनि प्रहरीको उपस्थिति जरुरी छ । उहाँ भन्नुहुन्छ, “प्रहरीले त्यति नगर्ने हो भने लकडाउन आजको भोलि नै उल्लङ्घन बढ्ने र नागरिक बाहिर आउने अवस्था हुन्छ, प्रहरीको जिम्मेवारी अझ बढी छ ।”
लकडाउनको शुरुआती चरणमा प्रहरीलाई नै स्वास्थ्य सामग्रीको निकै अभाव थियो । कपडाको मास्कले काम गर्नुपर्ने अवस्था थियो । प्रहरीलाई मास्क, स्यानिटाइजर, पञ्जा अभाव नै थियो । विस्तारै स्वास्थ्य मन्त्रालय, आफ्नो विभागबाट प्राप्त भयो । आफैँले पनि किन्न शुरु ग¥यौँ, सहयोगी हातहरू आए । उत्पादन हुँदै आयो र प्रहरीप्रतिको सहानुभूति बढेकाले अहिले आधारभूत कुरा व्यवस्थापन गर्न र किन्न समस्या छैन । यो समस्यालाई नागरिकले राम्ररी बुझेकाले सफल हुँदै गएको छ ।
काठमाडौँ धेरै मनिस भाडामा बस्ने शहर हो । धेरै मानिस एउटै कोठामा बस्ने अवस्था छ । एउटा फ्ल्याटमा पनि धेरैको बसोबास छ । घरभित्र मानिसलाई अड्याउन कठिन पनि भयो । केही दिनपछि मानिस उकुसमुकुस हुँदा अडिन नसक्ने अवस्था आयो । मनोवैज्ञानिकरूपमा रोकिरहँदा असहजता देखियो । त्यसले उनीहरू घर जान पाए हुने भन्ने भयो, मानिस निस्कन थाले । प्रहरीलाई पनि सङ्क्रमित मान्छे आएकी भन्ने त्रास बढ्यो ।
विस्तारै समय बित्दै जाँदा समुदायमा सङ्क्रमण छैन भनेपछि नागरिक र प्रहरीमा मनोबल बढ्यो । विभिन्न कारणले मानिस हिँडेरै घर जान थाले । प्रधानमन्त्रीबाटै सङ्क्रमण नफैलियोस् र कोही पनि नेपालीले दुःख नपाउन् भन्ने निर्देशन आयो । त्यसपछि अझै सहजीकरणको काममा प्रहरीले थप सक्रियता देखायो । बाटोमा आएका व्यक्तिलाई विस्तारै घर पठाउन थालियो र अहिले सबै कुरा सहज हुँदै गएको छ ।
अभावमा परेको भनेर गुनासो गर्ने व्यक्तिलाई भोको पेटले अपराध ननिम्त्याओस भन्ने हेतुले स्थलगतरूपमा गएरै पनि राहत वितरण गर्ने काममा महानगरीय प्रहरी कार्यालयले उदाहरण प्रस्तुत गरेको छ। बिश्व महामारी कोभिड १९ को उच्च जोखिम न्यूनीकरण को लागि गरिएको लकडाउनको बिषम परिस्थितिमा आफु र आफ्नो परिवारको प्रवाह नगरि जनताको सुरक्षा र सुबिधा को लागि अहोरात्र खटेर निर्बाह गरेको अहम भुमिकालाइ इतिहासले पनि मुल्याडंकन गर्ने छ ।”प्रहरी मेरो साथि”भन्ने नारा यो परिस्थितिमा सार्थक बनेको छ।नेपाल आमाका सपुत नेपाल प्रहरीका डिआइजी बिश्वराज पोखरेल लाइ सलाम!!!
“प्रहरी मेरो साथि “सलाम छ नेपालका सपुत डिआइजी पोखरेल लाइ,,
586
Shares