बारा र पर्सामा थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ५७ पुग्यो।


राहुल गुप्ता,संबाददाता,पर्सा।
बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ । भारतको नयाँदिल्ली स्थिति निजामुद्दिनले मर्कतबाट आएका जमातीरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाईएको हो।
नारायणी अस्पताल सोतका अनुसार बिरगंजको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा क्वारेन्टाइनमा भएका २ जना गरि थप ३ जनामा कोरोना संक्रमण देखिएको हो। हेटाैंडा स्थित ल्यावमा उनीहरुको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटिभ भेटिएको सोतको दावी छ। यसको स्वास्थ्य मन्त्रालयले औपचारिक पुष्टि गर्न भने बाँकी छ। जमातबाट फर्केर आएकाहरुको सम्पर्कमा रहेका उनीहरु सबै नेपाली सबै नेपाली नै हुन। यि समेत गरि नेपालमा कोरोना संक्रमितको संख्या ५७ जना पुगेको छ। यस अघि रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोना संक्रमण देखिएको थियो।