कोभिड–१९ को उच्च जोखिम नेपालमा रहेको भन्ने डब्लू एचओ को रिपोर्ट संगै कोरोना संक्रमणलाइ ध्यानमा राखेर गत चैत ११ गतेदेखि अत्यवश्यक कामबाहेक बाहिर ननिस्किने गरी सरकारले लकडाउनको आदेश जारी गरेको थियो ।लकडाउन यही वैशाख २५ गतेसम्मका लागि जारी छ र ठॉउ ठॉउका मस्जिद हरु र मुसलमान समुदायमा कोरोना को संक्रमित फेलापरेसंगै लकडाउन जेष्ठ को १५ गतेसम्म लम्बिने प्रबल संभावना रहेको छ।
लकडाउन को समस्याको विभिन्न बाधा र व्यबधानका बीच पनि नेपाली काँग्रेस ओखलढुंगाले काठमाण्डौ उपत्यका र उपत्यका बाहिर मुलुकभर छरिएर दैनिक ज्याला मजदुरी गरेर खाने आफ्ना ज़िल्लाबासि नागरिक हरुलाइ संभब भएसम्म आफै पुगेर र आफु पुग्न नसकेको ठॉउमा तेहिको स्थानियतहमा रहेका आफ्ना संगठन संयन्त्र र पार्टिका नेता, कार्यकर्ता तथा ने का बाट जीतेका स्थानिय तहका जनप्रतिनिधि संग समन्वय गरि राहत उपलब्ध गराउनुका साथै गॉउफर्कन गाडि को समेत ब्याबस्था गरिरहेको कुरा नेपाली कॉग्रेस ओखलढुंगा का सभापति प्रदिप सुनुवारले बताएका छन।
आफ्ना जिल्ला का नागरिकलाइ औपचारिक रुपमा राहत वितरण गर्न नपाए पनि ने का ओखलढुंगा संग आबद्ध नेताहरु मुलुकभर आआफ्नो पंहुच का आधारमा राहत वितरण गरिरहेका छन।हाल नेका पार्टी सभापति प्रदीप सुनुवार र संविधानसभा सदस्य रामहरि खतिवडा,आफ्ना जिल्लाबासि नागरिक हरुको भोको पेट भर्न राहात बॉड्दै र कयौ दिन पैदल हिडेर जिल्ला फर्कने तयारि गरिरहेका आफ्ना जिल्लाबासि जनता लाइ सुरक्षित तरिकाले काठमान्डौ उपत्यका लगायत अन्यठॉउबाट जिल्लाका बिभिन्न ठॉऊ ठॉउमा पुर्याउन यातायातका साधन ब्यबस्था गर्न अहोरात्र खटिरहेका छन।जिल्ला सभापति प्रदिप सुनुवार र संबिधानसभा सदस्य रामहरि खतिवडा को पहलमा करिब ७,८हजार लकडाउनमा फसेका मानिस जिल्ला फर्किएका छन। संबिधानसभा सदस्य पुर्ब माननिय रामहरी खतिवडा ओखलढुंगे नागरिकका लागि जुनसुकै परिस्थिमा पनि सहयोग गर्ने र जनताका घर घरमा पुग्ने जनप्रीय नेता त हुन नै तर पनि मुलुक यस्तो बिषम परिस्थितिमा गुज्रीरहेको अबस्थामा ओखलढुंगाका नागरिकको लागि नेता खतिवडा ले दिएको योगदान सरहनिय छ।देशमा लकडाउन को धोषणा भएसंगै जिल्लाका सबै स्थानिय तहहरुमा आफै पुगेर अत्याबस्यक स्वास्थ्य सामाग्री पिपिइसेट लगायतका महत्वपूर्ण बस्तु जुनबेला राज्यमा सहज उपलब्ध नहुने बिषम परिस्थिमा पनि उनले आफ्ना जिल्लाका लागि उपलब्ध गराइ आफुलाइ अब्बलदर्जाको नेता भएको प्रमाणित गरेकाछन।नेता खतिवडाले स्वास्थ्य सामाग्रि मात्र नभइ खाद्यन्न पनि उपलब्ध गराएका छन।निर्बाचित सत्तारूढ़ पार्टिका जिल्ला माननिय तथा अन्य बिपक्षिदलका नेताहरु भत्ता पचाएर कानमा तेलहालेर सुतिरहेका छन भने नेपाली कॉग्रेस ओखलढुंगा का नेताहरु आफ्ना नागरिक हरुको सुरक्षामा अहेरात्र खटिरहेका छन।आजभोलि रामहरि खतिवडा भोकतिर्ख नभनि निरन्तर खटिरहेका छन।नेपाली कॉग्रेस ओखलढुंगा का अन्य नेता कार्यकर्ताहरु आफ्नो आफ्नो क्षमताअनुसार आआफ्नो ठॉउबाट लकडाउनको चपेटामा परेका ओखलढुंगे जनताहरु लाइ राहात दिन रातदिन खटिरहेका छन।नेपाली कॉग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल,स्वयम जिल्लाका बिभिन्न स्थानिय स्तर तथा बिभिन्न गॉउपालिका पुगेर माक्स,सेनिटाइजर,लगायतका थुप्रै आबस्यकिय औषधिहरु बितरण गरेर फर्किसकेका छन।दाहाल फर्किए लगतै लकडाउनमा फसेर औसधी उपचार नपाएका आफ्ना जिल्लाबासिको उद्दार तथा खाद्यन्न बॉडिरहेका छन।ने का का पार्टी सचिब तथा चम्पादेबी गॉउपालिका प्रमुख नबराज केसी तथा जिल्ला कार्यसमिति सदस्य चम्पादेबी आठका वडाअध्यक्ष गापा प्रबक्ता अजय लुइटेल ले सर्बप्रथम उपत्यका र उपत्यका बाहिर लकडाउनमा फसेका आफ्ना नगरिकलाइ बिभिन्न ठॉउमा स्वयम उपस्थिति भइ खाद्यन्न बितरण गर्नुका साथै यातायात ब्यबस्था गरि १८००जना आफ्ना पालिकाका नागरिकहरुलाइ गॉउ फर्काइसकेका छन।र बिदेशमा अलपत्र परेका आफ्ना नागरिक हरुलाइ सकुशल देश फर्काउन समेत सरकार संग अपिल गरिसकेको छ।
ने का जिल्लाका अर्का प्रभावशाली नेता खिलानाथ दाहालले ओखलढुंगाका नागरिकहरुलाइ कोरोना संक्रमणबाट बचाउन र लकडाउन को समस्या बाट आफ्ना जिल्लाबासि हरुलाइ सहयोग गर्न तल्लिन छन।दाहाल ले ओखलढुंगाका बिभिन्न पालिकालाइ अत्याबसेक सामाग्री कोरोना नाप्ने यन्त्र थर्मलगन ,लगायतका महत्वपूर्ण स्वास्थ्य सामाग्री बितरण गरेका छन। ओखलढुंगाका महासमिति सदस्य कुमार लुइटेल र कमल तमाडं पनि ओखलढुंगाका नागरिक जो लकडाउन मा परेर भोको पेट बसिरहेका छन तेस्ता नागरिक हरुलाइ उपत्यका लगायतका बिभिन्न ठॉउमा पुगेर युवानेता कुमार लुइटेल बिभिन्न संघ संस्थाहरु संग संमन्वन गरि खाद्यन्न लगायत का अन्य सामाग्री बितरण गरिरहेका छन,तेसै गरि पार्टि सचिब सुनकोशि गॉउपालिका का अध्यक्ष रुद्र प्रसाद अधिकारी,नेका ओखलढुंगा २का क्षेत्रीय पार्टि सभापति तथा मानेभज्याडं गॉउपालिका अध्यक्ष मोतिराज राइ तथा खिजिदेम्बा का गॉउपालिका अध्यक्ष बेद बहादुर रोका मुलुकको बिभिन्न ठॉउमा फसेका आफ्ना नागरिक को उदार गर्न,आफ्ना नागरिक लाइ कोरोना संक्रमण बाट बचाउन करेन्टाइन को ब्यबस्था देखि नागरिकहरुलाइ राहात स्वरुप खाद्यान्न बितरण गर्नमा ब्यस्त छन।
अन्य नेताहरु महासमिति सदस्य मित्रसेन दाहाल,गोमा केसी अन्य महाधिवेशन प्रतिनिधिहरु लगायतका जिल्लाका काँग्रेस नेताहरु स्वतःस्फर्त रुपमा औषधि लगायत खाद्यन्न बितरण गरिरहेका छन।
सानो सानो काममा मिडियाबाजि गर्ने ओखलढुंगा कॉग्रेसका नेताहरुले यस्पालि को यस्तो बिषम परिस्थितिमा गरेको योगदान र बितरित राहातको राहतग्रही हरको फोटो सामाजिक संजालमा नहालेर झनै आफुलाइ संबेदनशिल ज़िम्मेवार मानब अधिकार को सम्मानकर्ता नेताको रुपमा स्थापित गर्न पुगेका छन।।
आआफ्नो हैसियत अनुसारको सहयोग पनि जनताको पिडामा मलम लगाउन ठुलो राहात हुन्छ,निश्वार्थ सेवाकोइच्छा भएमा सरकारी बजेटको मुख नताकीपनि सेवागर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्दै लकडाउन को चपेटाबाट आक्रान्त भइरहेका आफ्ना जिल्लाबासि नागरिकहरुका लागि सहिद भुमि ओखलढुंगाका दर्जनौ नेपाली कॉग्रेस का नेताहरुले आफ्ना नागरिक हरुप्रति देखाएको चिन्ता,चासो र सहयोग बाट राज्य र अन्य निकायले पनि केही सिकेर आफ्ना नागरिक प्रति उतरदायि बनोस भन्दै नेका ओखलढुंगाका सहयोगि हातहरुलाइ साधुवाद।!!