राईनास ७ काे मर्स्याङ्दि सहकारिमा लाखाै रकम हिनामिना, स्थनिय आक्रोशित,,


कुनै एक समय थियो जतिखेर बैंकहरु भन्दा सहकारी हरुलाइ बिश्वास गर्दथे तर पछिल्लाे समयमा बित्तिय संस्था मध्ये आम जनसमुदायले झट्टै बिश्वासिलाे माध्यमका रुपमा लिन नसकेकाे संस्था हाे सहकारि संस्था । शहरमा गल्लि पिच्छे खुल्दै बन्द हुदै गरेका त्यस्ता प्रबृतिका सहकारि यतिबेला गाउका टाेल टाेलमा पनि खुलेकाे छन् । गाउमा स्थानियहरुले नै खाेलेका हुनाले त्यस्ता सहकारिले सुरुमा केहि बिश्वास दिलाउन सकेपनि बिस्तारै बिश्वसनियतालाई कायम राख्न नसकेकाे देख्न सकिन्छ । त्यस्तै लमजुङ जिल्ला राईनास नगरपालिकामा पनि त्यस्ता धेरै सहकारि मध्य बिश्वासिलाे सहकारिकाे रुपमा परिचित मर्स्याङ्दि सहकारि संस्थाले जनताकाे पसिनाले अार्जेकाे रकम हिनामिना गरेकाे सेवाग्राहिले अाराेप लगाएका छन् ।
पहिले स्थानियकाे गुठिकाे रुपमा रहेकाे याे संस्था दशक बढि समयबाट सहकारिकाे रुपमा संचालन हुदै अाएकाे थियाे । अार्थिक हिनामिनाकाे लागि लमजुङका धेरै सहकारिकाे अडिट गर्दै अाएका अडिटर क्षेत्रनाथ थपलियाकाे मिलिमताेमा केहि बर्ष अगाडि देखिनै सहकारिकाे पैसा अपचलन भएकाे अाराेप लगाईएकाे छ । याे बिषयमा थपलियाले भने अघिल्ला बर्षमा सबै सामान्य तर याे बर्ष भने हिसाब किताबमा हिसाब बढि तर खातामा पैसा नदेखिए पछि कतै लगानि छुटेकाे छ कि भनेर हिसाब किताब गर्नका लागि समितिलाइ समय दिएकाे जानकारि दिए । स्थानिय तथा सराेकारवालाहरुले अघिल्ला बर्षमा काेषाअध्यक्ष रहेका लक्ष्मिप्रसाद चिलुवाल र कर्मचारि एलिना चिलुवालकाे मिलिमताेमा धेरै पैसा हिनामिना गरेकाे अाराेप लगाएका थिए । याे बिषयमा लक्ष्मि चिलुवाल सँग हामिले प्रश्न गर्दा यतिबेला अाफु काेषाध्यक्ष नभई अाफ्नि श्रीमति काेषाध्यक्ष भएकाे जनकारि गराउदै अाफैले बिगत ३ बर्षदेखि सहकारि राखेकाे अाफ्नाे घरकाे भाडा नपाएकाे जानकारि दिए । उनका अनुसार सबै हिसाब किताब गर्दा २ लाख अाफुले तिर्नु पर्ने देखिए पछि सावा व्याज लिन अाग्रह गर्दा अध्यक्ष बाधक बनेपछि याे कर्तुत बाहिर निस्केकाे हाे । अध्यक्ष लक्ष्मण चिलुवालकाे हेलचक्रयाईले गर्दा कर्मचारि एलिनाले सहकारिकाे धेरै रकम हिनामिना गरेकाे पनि उनले खुलाए । रकम अपचलन भएकाे भन्दै हिसाब पारदर्शि गर्न सेयरहेल्डर र सेवाग्राहिले दबाब दिएपछि स्थानिय केहि युवाकाे सहयाेगमा अान्तरिक अडिट शुरु भएकाे छ । यस बिषयमा अध्यक्ष लक्ष्मण चिलुवालले संस्थामा अार्थिक हिनामिना भएकाे स्विकार गरेका छन । उनले लेखा परिक्षणकाे समयमा अाफुले २९ लाखकाे हिसाब नभेटेपछि अरु हिसाब किताब प्रबन्धक सँग मागेकाे बताए । अघिल्ला बर्षहरु देखिनै हिसाब किताब नमिले पनि अडिटर र काेषाध्यक्षकाे मिलिमताेमा पैसा अपचलन हुदै अाएकाे समेत अाराेप लगाए ।यतिबेला मर्स्याङ्दि सहकारि अध्यक्षकै नेत्ृत्वमा अान्तरिक शिल गरि हिसाब किताब खाेज्ने काम भईरहेकाे छ । नेपाल बचत तथ ऋण सहकारि संघ (नेफस्कुन) मा समेत अाबद्द रहेकाे याे सहकारिले गरेकाे यस्ताे अपारदर्शि तथा जनतालाई अार्थिक असुरक्षाकाे अनुभुति भईरहदा सम्बन्धित पक्षकाे ध्यान जान जरुरि देखिएकाे छ।