खिला दाहाल,संबाददाता
२०७७-२-३ ओखलढुंग
बिश्वब्यापि महामारी को रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस को प्रतिरक्षाको लागि गरिएको लकडाउनकोचपेटामा परेर आफ्ना जिल्लाबासि नागरिक आक्रन्त बनिरहेको समयमा जिल्लाबाट निर्वाचित संघीय र प्रादेशिक सांसद एवं केहीनिर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले जनजीविकाको क्षेत्रमा परेका असरहरु लाइ बेवास्ता गर्दै कानमा तेल हालेर देखाई रहेको ग़ैरज़िम्मेवारी ,उदासीनता र लापरवाहीलाइ लिएर प्रेस बिज्ञप्ति जारि गरेको छ।
लकडाउनमा फसेका आफ्ना जिल्लाका नागरिकहरुलाइ मुलुकको बिभिन्न ठॉउबाट राहात ब्यबस्था गर्न तथा यातायात को ब्यबस्था गरेर घर फर्काउनअहोरात्र खटिरहेको नेपाली कॉंग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सभापति प्रदिप सुनुवार संबिधान सभा सदस्य रामहरी खतिवडालगायत अन्य नेता तथा कार्यकर्ता हरुले आफ्ना जिल्लाका जनतालाइ यस्तो परिस्थितिमा संबन्धित निकायहरु ले बेवास्ता गरेकोमा चिन्ता तथा चासो,ब्यक्त गर्दै सरकार तथा जिल्लाका संबन्धित निकायलाइ जनताको हितमा लाग्न आग्रह गर्दै गुनासो,सुझाव र खबरदारी सहित नेपाली कॉंग्रेस ओखलढुंगा ले बिज्ञप्ति जारि गरेकोहो।
नेपाली कॉंग्रेस ओखलढुंगाद्वारा जारि बिज्ञप्ति,,,,,,,
नेपाली कांग्रेस
जिल्ला कार्य समिति ओखलढुंगा
मिति : २०७७।०२।०३
प्रेस विज्ञप्ति
विश्वभरी फैलिरहेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, प्रतिरक्षा र उपचारको व्यवस्थाका लागि विश्वका सबै देशहरुसँगै हाम्रो देशनेपाल पनि जुधिरहेको अवस्था छ । यसै सन्दर्भमा ओखलढुंगा जिल्लामा कोरोनाको रोकथाम, नियन्त्रण, प्रतिरक्षा र उपचारका लागिआजको दिनसम्म जे जति प्रयास र सफलता हाँसिल भए त्यसप्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगा आभार प्रकट गर्दैसम्बद्ध सम्पूर्ण पक्षहरु प्रति धन्यवाद ज्ञापन गर्दछ ।
कोभिड १९ रोगको रोकथाम, नियन्त्रण तथा राहत सहयोग, नेपालका विभिन्न सहरहरुमा अलपत्र परेकाहरुको उद्दार व्यवस्थापनमासरकारी निकाय, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, नागरिक समाज, सञ्चारकर्मी, राजनीतिकर्मी हरु, स्थानीय तहहरुको स्वतस्फूर्त प्रयासबाटभएको ठहर नेपाली कांग्रेस ओखलढुंगाको रहेको छ ।
एकातिर कोरोना भाइरस संक्रमणको त्रास, अर्कोतिर देशमा लगाइएको लकडाउन, यस्तो विपत्तिको समयमा जिल्लाबाट निर्वाचितसंघीय र प्रादेशिक सांसद एवं केही निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले जनताहरुको आधारभूत सरोकारका विषय, स्वास्थ्य, देशमा लगाइएको लकडाउनबाट प्रभावित क्षेत्र शिक्षा, रोजगारी, भोकमरी लगायत प्रत्यक्षरुपमा जनजीविकाको क्षेत्रमा परेका असरकासवालहरुमा संवाद, समन्वय र सहकार्यमा उदासीनता देखाई रहेका छन् ।
ओखलढुंगा जिल्लामा कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र देशमा लगाइएको लकडाउनबाट परेको प्रभावको विश्लेषण, ठोस नीतितथा दीर्घकालीन योजना तर्जुमा, छलफल, बहस भएको देखिँदैन । त्यसैले कोरोनाको रोकथाम, नियन्त्रण र देशमा लगाइएकोलकडाउनबाट जिल्लावासीहरुले भोगीरहनु भएको समस्या र समाधानका उपायहरु र देशमा लगाइएको लकडाउन खुलेपछि देखा पर्नेसंभावित समस्याहरुको समाधानका विषयहरुका अल्पकालीन, मध्यअल्पकालीन र दीर्घकालीन पूर्व तयारीका नीति, योजना तर्जुमा गरीजिल्लाको समृद्धिलाई बचाई राख्न निर्वाचित सांसदहरु, जिल्लास्थित राजनीतिक दलहरु, नागरिक अगुवाहरु, सञ्चारकर्मीहरु, विज्ञप्राविधिक, सरकारी निकाय, सुरक्षा निकाय एवं स्थानीय तहहरु र सरोकारवाला सम्पूर्ण निकायहरुलाई एकताबद्ध भई सबैको साझासवालको अनुभूति दिलाई अघि बढ्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।
जिल्लामा हाल केही स्थानीय तहले लकडाउनप्रभावित परिवारलाई राहतस्वरुप खाद्यसामग्री उपलब्ध गराए पनि पर्याप्त मात्रामा वितरणनगरी सस्तो लोकप्रियताका लागि गरेको जस्तो देखिन्छ । राहतमा एकरुपता ल्याई गरिबको निरन्तर चुल्हो बाल्ने परिस्थिति सिर्जना गर्नस्थानीय सरकार लाग्नुपर्ने अवस्था आएको छ । जिल्लामा पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षाका सामग्रीहरु रहेको देखिँदैन । स्थानीयसरकारहरु स्वास्थ्य सामग्री खरिद गर्न आनाकानी गरिरहेको पाइएको छ । हामी जिल्लालाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीबन्दोबस्त गर्न अपिल गर्दछौं । साथै जिल्लावासी आम नागरिकहरुको कोभिड १९ रोगको स्वास्थ्य परीक्षणलाई जिल्लाभर विस्तार गर्नसमेत माग गर्दछौं । परीक्षणका लागि आवश्यक पर्ने कीटको पर्याप्त व्यवस्थापन गर्नका लागि संघीय र प्रादेशिक सरकारकाजनप्रतिनिधिहरुलाई अनुरोध गर्दछौं । साथै सबै तहका सरकारहरुबाट यतिबेला आगामी वर्षको बजेटसहितको नीति तथा कार्यक्रमतयारीको समय आएको हुँदा लकडाउनबाट प्रभावित स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिई बजेट ल्याउन माग गर्दछौं ।विश्व नै कोभिड १९ को महामारीको भूमरीमा फसिरहेको मौका छोपी भारत सरकारबाट नेपालको ऐतिहासिक भूमि कालापानी क्षेत्रमाजवर्जस्ती सडक उद्घाटन गरेकाले भारतको मिचाहा प्रवृत्तिको घोर आपत्ति गर्दै नेपाली मातृभूमिको रक्षाका लागि सबै एकजुट भईप्रतिकार गर्न अनुरोध गर्दछौं ।
अन्त्यमा कोरोना संक्रमण महामारीको यस घडीमा विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु ल्याएर सबै स्थानीय तहहरु, स्थानीयप्रशासन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र अभियन्ताहरुलाई सहयोग गर्नु हुने कांग्रेस नेता एवं संविधानसभा सदस्य श्री रामहरिखतिवडाज्यू लगायत विभिन्न व्यक्ति तथा संघ संस्थालाई हार्दिक धन्यवाद दिन्छौं । ओखलढुंगा जिल्लाका नागरिकहरुलाई उद्दार गर्नकालागि सहयोग गर्ने जिल्लाभित्रका र जिल्ला बाहिरका जनप्रतिनिधिलगायत सम्पूर्णमा धन्यवाद दिन्छौं । साथै खिजीदेम्बा गाउँपालिकाका१२ जना अलपत्र मजदूरलाई उद्दार गर्न सहयोग गर्ने जुम्लाको चन्दननाथ नगरपालिकाका मेयर कान्ति सिजुवाललाई विशेष धन्यवादज्ञापन गर्दछौं । कोभिड १९ रोगको रोकथाम, नियन्त्रण, उपचार र लकडाउनबाट प्रभावित नागरिकहरुको उचित सेवामा सावधानीका साथलाग्न आम पार्टी नेता कार्यकता एवं सम्पूर्ण क्रियाशील सदस्यहरुलाई नेपाली कांग्रेस अोखलढुंगा हार्दिक आह्वान गर्दछ । सम्पूर्णओखलढुंगावासी आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरुलाई यस महामारीको बेला हतोत्साहित नभई उच्च मनोबलका साथसामाजिक दूरी कायम राख्दै सावधानीका साथ कृषि उत्पादनमा लाग्नु हुन समेत अपिल गर्दछौं ।
जय नेपाल !
प्रदिपकुमार सुनवार
सभापति
ने.का ओखलढुंगा