गल्फमै स-परिवार,राज्यले गल्फ गेम नबुझेको गुनासो,,,

आजभन्दा ७३ बर्ष अगाडि बि.सं २००४ सालमा काठमान्डौको पुरानो सिनामंगल न्हाकाटी हाल का पा३२ पुरानो सिनमंगलको एउटासामन्य परिवारमा पिता मिनबहादुर थापा तथा माता खड्गकुमारी थापाको तेस्रो सन्तान को रुपमा जन्मिएका घनश्याम थापा नेपाल कोपहिलो प्रफेसनल गल्फ खेलाडि हुन।

पिता मिन बहादुर थापा गल्फ को सुपरभाइजर भएको कारण थापाले आफु दश बर्षको उमेरदेखि गल्फ मा हात हालेको कुरा बताउछन।यसो छुट्टी को समयमा आफ्ना पितासंग उहॉको अफिस गल्फ जॉदाजॉदै गल्फ खेलिरहेको ठॉउमा रमिता हेर्नेक्रममा खेल्नेहरुले टाढापुगेको बल आफुलाइ केटाकेटी देखेर टिप्न पठाउने गर्थे  आफुलाइ पनि बल टिप्दा टिप्दै गेम बुझ्न थालेपछि रमाइलो लाग्न थाल्यो।आफ्नो घरमा ठुलोपरिवार भएको कारण बुवाको आर्जन बाट दैनिक गुजारा गर्न मुस्किलै थियो आफुलाइ पनि गल्फ मा रुचि परिवारलाइ पनि आर्थिक समर्थन हुने भएकोले सानै उमेरदेखि  ballboy (बल टिप्ने)बाट काम शुरु गरेर क्रमशः गल्फ कोच भएको कुराथापा बताउछन दश बर्ष को उमेरदेखि ball boyको रुपमा गल्फमा प्रवेश गरेका थापाले ७३ बर्ष को उमेर सम्म पनि निरन्तर उर्जाका साथगल्फ गेममा नै जीबन खर्चिरहेका छन।नेपाल को तर्फबाट 1975मा थाइल्यान्ड 1977मा फ़िलीपीन्स मा दुइवटा बिश्वकप गल्फ गेम मा भाग लिइसकेका घनश्याम थापालेनेपाल लगायत बिभिन्न मुलुकमा थुप्रै जितहरु हात पारेका छन।सरल मिजासिला स्वभावका थापाले नेपालमा मात्र नभएर नौ बर्षभारतको मुम्बईमा चार बर्ष जर्मनीमा गल्फकोच बनेर थुप्रै चेलाहरु उत्पादन गरिसकेका छन।आफुमात्र नभएर आफ्नी धर्मपत्नी सुशीलाथापा,छोरा राधेश्याम थापा,छोरीहरु नातिहरु सम्म यो खेलमा सहभागि छन।पिता राम बहादुर कार्की माता सिता कार्की को कोखबाटधादिडंको धुनिबेशिमा जन्मिएकी प्रफेसनल गल्फकोच घनश्याम थापाकी धर्मपत्नी शुसिला कार्की पनि महिला गल्फ खेलाडि हुन,उनलेअलइन्डिया महिला गल्फ च्याम्पिएनमा आफ्नो उमेर समुह को गल्फ खेलमा जित हासिल पारेकी थिइन।बिदेश देखी नेपाल सम्मथुप्रैजितहरु हासिल गरेकी शुसिला बिहे अघि यो खेलको बिषयमा आफुलाइ केही जानकारी नभएको बताउछिन।गल्फकोच संगकोबैबाहिक संबन्धपछि पनि  लामोसमय सम्म गृहणी बनेर बच्चा बच्ची घरको रेखदेख गरिरहेकी गल्फ खेलाडी शुसिला जर्मन बस्दाफुर्सदिलो भएपछि यो खेल छोरासंग सिकेको बताउछिन।

घनश्याम थापा शुसिला थापाका छोरा राधेश्याम थापाले पनि बुवाकै पेशाअंगालेकाछन बुवा गल्फ कोच भएको कारणले दुइ तिन बर्षदेखिनै बुवालाइ पछ्याउदै जॉदा सानै उमेरमा बाट गल्फ गेम सिकेको आफुदश बर्षको हुंदा एक पटक अठार बर्ष मुनिको गल्फ जुनियर च्याम्पियन खेलेर जित हासिल गरेका थापाले नेपाल लगायत बिश्वकाबिभिन्न मुलुकमा आयोजना गरिएको प्रतिस्पर्धा हरुमा भागलिएर थुप्रे एवर्डहरु जितेका छन।राधेश्याम थापाले अमेरिका कोक्यार्लिफोर्नियामा गल्फ कोर्स गरेर नेपाल फर्किएपछि निरन्तर गल्फ कोच बनेर समय बिताइरहेका छन।

कोच घनश्याम थापा विकसित राष्ट्रहरुमा निकै लोकप्रिय मानिने यो खेल  नेपालमा भने अन्य खेलको तुलनामा लोकप्रिय हुन नसक्नु कोमुख्य कारण गल्फ खेल प्रतिको गलत बुझाइ रहेको बताउछन।धनाढ़्यहरुले शौख को लागि खेल्ने महँगो खेल हो यो सामान्यतया  उच्चवर्गले मात्र खेल्न सक्छन भन्ने यो खेलप्रतिको गलत बुझाइ हो यहि बुझाइ आममानिस ,खेलप्रेमी तथा सरकारलाइपनि पर्दै आएको छ।

सरकार ले गल्फ गेमको महत्व नबुझेर सन 1980को सेक्टेम्बरमा करिब १००बर्ष गल्फले भोगचलन गरिरहेको जग्गा हवाइ बिभागले बिनामोहब्जा अधिकरण गरेको हालसम्म त्यो अधिकरण गरेको जग्गाको बिषयमा कानमा तेल हालेर बसेको छ।यो खेलमा सरकारले चासोदेखाएर कम्तिमा उपत्यका भित्र नजिकमा संभावना नभए बाहिरै भएपनि अधिकरण गरेको जग्गाको सट्टामा गल्फ मैदान बनाइदिनु पर्ने राज्यले यो खेललाइ भलिबल, फुटबल, क्रिकेटलगायतका खेलजस्तै प्राथमिकता दिनु पर्दछ।सरकारले जबसम्म गल्फ गेम बुझ्दैन तबसम्म यस्को विकास हुन सक्दैन गल्फमा धेरै सफलता हात पारेका अधिकांश नेपाली खेलाडी सामान्य परिवारका नै छन् तर नेपालसरकारको सोच नै सकारात्मक नहुँदा यसको विकास हुन नसकेको गुनासो थापाको रहेको छ।

बिदेशका बिभिन्न मुलुकहरुमा  गल्फ खेल बढी खेलिने हुंदा नेपालमा पनि  गल्फ खेललाइ प्रथामिकतामा राखेर यस्का पुर्बधार हरु तयारपार्नुपर्ने आबस्यकता देखिन्छ। हाल नेपालको काठमाण्डौमा तिनवटा,पोखरामा दुइवटा झापाको चिया बगानमा एउटा,धरनमा एउटा नवलपरासि(CUG)एउटा गरि जम्मा आठवटा मात्र गल्फ मैदान रहेकाछन हाम्रो देशको थोरै  मात्रै गल्फ खेल्ने मैदान भएकाले देशकाअन्य स्थानमा समेत सार्वजनिक जग्गाको व्यवस्थापन गरि खेल मैदान बनाएर गल्फ खेलको विकास गर्न सके पर्यटकहरुको संख्या अझबढेर नेपाललाइ पर्यटन प्रवर्द्धनको गन्तब्य सम्म डोर्र्याउन गल्फ सरल माध्यम बन्न सक्ने तथा देशको  अर्थतन्त्रमा समेत टेवा पुग्ने भएकोले सरकार को ध्यान यतातिर केन्द्रित होस।