अस्ट्रेलियाको राजधानी क्यानबेरामा क्रिकेटप्रेमी नेपालीहरुको पहल र पुर्व क्रिकेटरहरुको पहलमा बुद्ध नेप्लीज क्रिकेट क्लबको स्थापना भएको छ ।
अस्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज दाहालले एक कार्यक्रमबिच क्लबको बिधिवत उदघाटन गरेका छन । नेपालवाट तिन पटक युवा बिश्वकप क्रिकेट खेलिसकेका प्रेम चौधरीको अध्यक्षतामा गठन भएको सो क्लबले क्यानबेरा सीटीको ग्रेड वनको लिगमा समेत सहभागिता जनाउन पाउने भएको छ । क्लबका खेलाडीहरुलाई जर्सी बितरणका साथ औपचारिक उदघाटन गर्दै राजदुत दाहालले मुलुक चिनाउने महत्वपुर्ण माध्यमका रुपमा रहेको खेलकुद र क्लबहरु खुल्नु आफैमा महत्वपुर्ण भएको बताए । एउटा चर्चीत व्यबशायीक खेलाडी जन्मेमा त्यसले बिश्वभर मुलुकको पहिचान दिलाउने कुरामा दुइमत नरहेको बताउदै राजदुत दाहालले सन्दिप लामिछानेले अस्ट्रेलियामा क्रिकेट खेल्दै गर्दा नेपाल र नेपालीको शान र मान बढेको उदाहरण पेश गरे । क्लबको शुभारम्भमा बोल्दै क्यानबेराका नेपाली अभियन्ता डा कृष्ण हमालले खेलकुद स्वास्थको लागि र खेलकुद राष्ट्रका लागि पनि महत्वपुर्ण बिषय रहेको बताए । बिदेशमा रहेर पनि खेलुकदको माध्यमवाट मुलुकको पहिचान दिलाउन लागि पर्ने युवा पीढीलाई सबैले सहयोग गर्नुपर्ने कुरा हमालले सुनाए ।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटाले नेपाली समुदाय बढ्दै गर्दा खेलक्षेत्रमा पनि महत्वपुर्ण फड्को मारेको बताए । उनले एनआरएनले खेलक्षेत्रलाई सधै प्राथमिकता भित्र राखेको र आवश्यक सहयोग गर्दै आएको बताए ।
क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रीय खेलाडी प्रेम चौधरीले जुन देशमा रहेपनि आफुले जानेको शिपलाई बाड्न सके यसले नया पीढीमा उत्साह थप्नुका साथै अनुसाशित र स्वस्थ बन्न समेत महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए । केहि युवा खेलाडीहरुले आफ्नो प्रतिभा निखार्ने र अवसर प्राप्त गर्नसक्ने हुँंदा आफ्नो क्लबले याँहाको स्थानिय लोकल लिगमा समेत सहभागिता जनाएको चौधरीले सुनाए । क्लबको बिधिवत स्थापना कार्यक्रममा ब्यवस्थापक कृष्ण सुबेदी, टिम कप्तानमा अर्जुन केसीलाई जिम्मेवारी दिइएको, पब्लीक अफीसर कर्मा लामाले बताए । क्लबको मुख्य प्रयोजक एभेरेष्ट एजुकेशन सह प्रायोजक आरके होम लोन र उप प्रायोजक एसएन्डएस एकाउन्टीङतथा झोमालोङ्मा नेपाली रेस्टुरेन्ट रहेको सचिब अर्जुन ज्ञवालीले जानकारी दिए । कार्यक्रममा ,
प्रायोजकका तर्फवाट एभरेष्ट एजुकेशनका राजेन्द्र खड्का ,अशोक बस्नेत तथा आरके होमलोनका कमल कुवंर लगायतले क्लबलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । क्लबका सदस्य ललित मल्लले सन्चालन गरेको कार्यक्रममा क्यानबेराका नेपाली समुदायका अगुवाहरुको समेत उपस्थीती रहेको थियो ।
145
Shares