नेपालमा कोरोनाको बढ्दो प्रभावका बिच नेपालीहरुको महान चाड दशैंको दिन कोही व्यक्ती भोकै रहनु नपरोस भन्ने मनासाय र सेवाभावका साथ काठमाडौं स्थित खुल्ला मञ्चमा अस्ट्रेलियामा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसद्धारा स्थापित एक्सपर्ट फाउण्डेसले असाहय अनि सडक यात्रीहरु गरि तिनसय जनालाई टिका लगाई खाना खुवाएर दशैं मनाएको छ ।
नेपालीहरुको महान चाडमा पनि कोही भोकै नरहनु भन्ने सोचका साथ सबैको दशैं भन्ने नाराका सातथ कम्तिमा एक दिन भएपनि दशैं सबैको हो भनेर अनुभूती दिलाउन भोजन खुवाउने कार्यक्रम गरिएको एक्सपर्ट फाउन्डेसनका निर्देशक सन्जिव शर्माले बताए । एक्सपर्ट एजुकेशन अस्ट्रेलियासँंग आवद्ध कर्मचारीको सहयोग र आपसी श्रोतको माध्यमवाट सहयोगको हात बढाउन केहि बर्ष अगाडि यो फाउन्डेसन खडा गरिएको निर्देशक शर्माले बताए ।
कोरोना कहरका कारण सृजित लकडान त्यसपछि सर्वसाधारणमा परेको अर्थिक संकटमा गुर्जिन परिस्थितिबस बाध्य बनेका हरुलाई विगत ७ महिना देखि एक्सपर्टले नेपालका बिभिन्न भागमा खाना खुवाउने काम गरिरहेको एक्सपर्ट काठमाडौका निर्देशक खेम संग्रौलाले सुनाए । खानाको लागि आवश्यक खर्च विभिन्न दाताहरुले प्रदान गर्ने गरेका छन् । प्राप्त सहयोगबाट खाना खुवाउने काम सेवाभावका साथ भईरहेको बुझेपछी सामुहिक भान्छाका लागि लाग्ने खर्च एक्सपर्ट फाउण्डेसले उपलब्ध गराएको थियो ।
एक्सपर्ट फाउण्डेसले हरेक बर्ष विभिन्न पारोपकारी कार्यमा सहयोग गर्दै आएको कुरा यसका फाउन्डेसनका अर्का निर्देशक बद्री अयौर्लले बताए । नेपालमा पछिल्लो भूकम्प, बाढी पिडितका परोपकारी क्षेत्रमा एक्सपर्ट फाउण्डेसले उल्लखनिय रुपमा सहयोग र सहभागिता जनाउदै आएको छ । पछिल्लो समयमा कोभिडको कारण अष्ट्रेलियामा अलपत्र परेका नेपाली तथा बिशेषत बिध्यार्थीहरुको उद्धार र संरक्षणको निम्ति एक करोड भन्दा बढि रकमको सहयोग गरेको अर्यालले बताए ।