मैतिदेबीका घले,महावीर र क्रिकेट मोह

 

कुनै जमाना थियो जुन बेला राजधानीमा डन हैन दादाहरुको हल्लीचल्ली थियो । उतिबेला हतियारको हैन हातको शक्तीको मापन हुन्थ्यो र आँंटको कदर हुन्थ्यो । त्यो जमानामा मैतिदेबी क्षेत्रमा कहलिएका थिए दिवाकर घले । शंकरदेब कलेज होस यस क्षेत्रमै उनको आँंटको र मुक्काको मनग्गै कहानी सुनिन्थ्यो । जतिबेला पैसा र अपराधका लागि नभइ शौख र सानका लागि मानिशहरु दादागिरी गर्थे । त्यतीबेला टोल र क्षेत्रको प्रतिष्ठाको लडाइमा समेत मसल र दादाको प्रयोग हुन्थ्यो । शंकरदेब कलेजमा उनको नामै काफी थियो र त्यतीबेला देखिनै उनको खेलक्षेत्रको लगाव भने गजबकै थियो ।

शंकरदेशको बास्केटबल र भलिबल टोली निकै चर्चित थियो । धेरै बर्षसम्म कलेज पढदा उनि बास्केटबलमा खेलाडी र ब्यबस्थापक बने । नेपालमा भर्खरै क्रिकेटको चहल बढन थालेको थियो । संघ स्थापना भएको दशकौ भएपनि क्रिकेट शौखिन र क्लासमा सीमित थियो । त्यतीबेला दिवाकर घले नेपालकै पुरानो क्लब महाबिर क्लबको अध्यक्ष भैसकेका थिए । कुनै जमानामा फुटबलको चर्चित क्लब महाबिरको नेतृत्वमा पुगेपछि दिवाकर घलेले फुटबलसँंगै क्रिकेटलाई पनि अगाडि बढाउने सोच बनाए । जतिबेला नेपालमा जय ट्रफी नामक एउटो राष्ट्रीय क्रिकेट प्रतियोगिताले सारा क्रिकेट खेल धानेको बेला टुँंडीखेलको खुला चौरमा महाबिर कप क्रिकेट प्रतियोगिता सुरु गरेर दिवाकर घलेले निजी क्लबहरुलाई क्रिकेटमा लाग्न शन्देश दिएका थिए । लगातार आधा दशकसम्म टुडिखेलको खुल्ला चौरमा हजारौ दर्शकमाझ महाबिर क्रिकेटले यति लोकप्रीयता पायो की थन्केका पुराना क्रिकेट टिमदेखि राजधानीमा नया क्रिकट क्लबहरुपनि मैदान मार्न तयार देखिए । संभवत नेपालमा व्यबशायीक क्रिकेटको सुरुवात पनि त्यही थियो भन्न सकिन्छ किनभने त्यतीबेला नेपाली क्लबहरुले बनारस र लखनउवाट रणजी प्लेयर टिममा भित्राएर महाबिर कप उपाधि जित्ने प्रयास गरेका थिए । नेपाली क्रिकेटमा व्यबशायीक दौरको नुमनाका रुपमा महाबिर क्लबलाई भब्य र सभ्यरुपमा अगाडि बढाउदैगर्दा तत्कालिन खेलुकद मन्त्री पुर्ण बहादुर खड्काले समेत त्यतीबेला खुलेरै प्रंशसा गरेका थिए ।
यसरी नेपाली क्रिकेटको व्यबशायीक चरणलाई टुडिखेलको खुला मैदानवाट उदघोष गर्ने दिवाकर घले यतिबेला नेपाल क्रिकेट संघमा भने छैनन । काठमाडौ जिल्ला संघको अध्यक्ष भए त्यसपछि केन्द्रिय चुनाबमा भने उनलाई राजनिती दाउपेचमा पारीयो । पेश्की फछर्यौटको नाममा उमेदबार हुन नदिएपछि उनी कुनै पदमा आएनन । तर अहिले उनी सबै आरोपवाट मुक्त भैसकेका छन । हुन त उनि अखिल नेपाल फुटबल संघका उप महासचिबपनि भए । तर महाबिर फुटबल क्लबको यात्रा बी डिभिजनमै घुमिरहँंदा उनले क्रिकेटलाई भने उपल्लो तहमै राखेर आफ्नो यात्रालाई जारी राखे ।
लामो समय काठमाडौ क्रिकेट संघको अध्यक्ष भएका दिवाकर घले यतिबेला क्रिकेटमा लागीपरेका छन । महाबिर क्लबहुँंदै महाबिर कपसम्म आइपुग्दा नेपाली क्रिकेटमा दिवाकर घलेको आफ्नै अलग पहिचान बनिसकेको छ । प्राय मैदानमा ट्रयाक वा हाफ पाइन्टमै भेटिने दिवाकर घले व्यबस्थापकीय जिम्मेबारीमा भने सधै अब्बल मानिन्छन । प्रतियोगिता आयोजना होस वा टिमको जिम्मेवारी उनि सधै तत्पर देखिन्छन । केहि कडक बोली र झन्नक हुने उनको बानी नचिन्नेको लागि भने कहिलेकाँंही कठिन बनिदिन्छ । तर जसले नजिकवाट उनलाई नियाल्छ उनको कमलो मन र सहयोगी तनलाई सधै आदरभावले हेर्ने गर्छ ।
उनि भन्छन, क्रिकेटको बिकासक्रममा राजनितीक हस्तक्षेप र ब्यक्तीवादी सोचनै सधै अवरोधका रुपमा रहिरहयो । त्यसका वाबजुद नेपाली क्रिकेटले प्राप्त गरेको सफलता कुनै अन्य भन्दा कम नरहेको घलेको तर्क रहेको छ । तल्लो तहदेखि क्रिकेटको संरचना नबन्नुनै नेपाली क्रिकेटको सबैभन्दा ठुलो कमजोरी रहेको उनको ठम्माइ छ ।
उमेर समुह र स्कुल कलेज क्रिकेट यसको विकासको आधारस्तम्भ हुन ,त्यसपछि बल्ल राष्ट्रिय अनि क्षेत्रीयस्तरका लिगको अवधारणा ल्याउनु पर्दछ । संघले क्रिकेट बिकासमा ल्याएका कार्यक्रमहरुलाई राज्यले महत्वको बिषय भित्र राखेर अगाडि बढाएमा समयसँंगै खेलको बिकासक्रम अगाडि बढने घले बताउछन । खेल्ने मैदान पहिलो आवश्यकता हो,त्यसपछि प्रतियोगिता र व्यबस्थापन ।
मुलुक चिनाउने महत्वपुर्ण माध्यममा रुपमा रहेको क्रिकेटलाई खेलकुद क्षेत्रले महत्वको बिषय भित्र राखेर अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको घले बताउछन ।