नेपाल र अस्ट्रेलियाबीच लगानीको संभावना खोजिने

अस्ट्रेलियास्थीत नेपाली राजदुतवासको आयोजना तथा महाबाणिज्युदुतावासको सहयोगमा आउँंदो डिसेम्बर आठमा एक दिने नेपाल अस्ट्रेलिया लगानी सम्मेलन आयोजना हुने भएको छ ।
कोरोनाको कहरका कारण केहि अघिनै योजनामा रहेको यस कार्यक्रमलाई हामीले डिसेम्बरको दोस्रो हप्ताको प्रारम्भमा वेभिनार मार्फत आयोजना गर्न लागेका हौ, बुधवार आयोजित तयारी बैठकमा बोल्दै अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले बताए । संभावनाका कयैन पाटाहरुलाई केलाउने क्रममा कोरोनाको प्रभावबिच पनि दुइ देशबिच लगानी प्रवर्धनको वाटो पहिल्याउने काममा हामी लागेका हौ ,राजदुत दाहालले जानकारी गराए । दाहालले यस पटकको सम्मेलनमा अस्ट्रेलियाका राजनितीक दलका प्रतिनिधी, व्यबशायी र गैर आवासिय नेपाली संघका साथीहरुको महत्वपुर्ण सहभागिता रहने बताए । दुइ देश बिचको लामो कुतनितिक सम्वन्धसेतुका बिच संभावनाका अनेकन पाटाहरुलाई केलाउन यस्ता छलफल र सम्मेलनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने दाहालको भनाइ थियो ।
अस्ट्रेलिया र नेपालबिचको ब्यापारीक प्रर्वधन अनि लगानीका संभावनाहरुको खोजि गर्ने र त्यसमा व्यबशायी तथा सम्वन्धित निकायको सहभागिता गराउने यस सम्मेलनको उद्देस्य रहेको राजदुत दाहालले सुनाए ।
कार्यक्रममा सामाजिक अभियन्ता कृष्ण हमालले लगानीको बिषयमा वेभिनार गरिनु महत्वपुर्ण पाटो भएपनि सानो प्रयासमा पनि नेपालमा लग्न सक्ने लगानीको बिषयमा बहस हुनु जरुरी रहेको बताए । उनले कल सेन्टर , वेभ डिजाइनजस्ता साना साना लगानीका क्षेत्रमा पनि संभावना समेत खोजिनुपर्ने बताए । एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंलले यस्ता खाले कार्यक्रमहरुले दुइ देश बिचको लगानीको संभावना र अवसरको खोजी गर्ने हुनाले यो राजदुतावासको महत्वपुर्ण कार्यक्रम रहेको बताए । कडेंलले यस्ता कार्यक्रममा स्थानिय राजनितीक दलका प्रतिनिधि र सम्वन्धित व्यबशायीहरुको महत्वपुर्ण सहभागिता गराउन भने आवश्यक रहेको औलाए ।

कार्यक्रममा बोल्दै एनएसडब्लुका महाबाणिज्युदत दिपक खड्काले पुराना कुराहरुलाई बिर्सेर नया आयामका साथ अगाडि बढेमा मुलुकको बिकास निमार्णका लागि यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्न सक्ने बताए । लगानीको सोझो अर्थ नाफासँंग जोडिने र लगानीको सुरक्षा महत्वपुर्ण हुने हुनाले संभावनाको खोजीसँंगै सहज बाताबरणको निमार्णमा पनि सबै मिलेर लाग्नुपर्ने खड्काको तर्क थियो । खड्काले हिजो केहि भएन भनेर होइन ,अब केहि गर्न सकिन्छ भनेर आशाबादी बनेर अगाडि बढेमा मात्र नेपाल अस्ट्रेलिया लगानी सम्मेलन सफल हुने सुनाए ।
तयारी बैठकमा बोल्दै भिक्टोरियाका महाबाणिज्युदत चन्द्र योन्जनले दुइ देश बिचको समुधुर सम्वन्धसँंगै लगानीको क्षेत्रमा पहलकदमी गरे मुलुकका लागि महत्वपुर्ण योजना भित्रिन सक्ने जिकिर गरे । लगानीको बाताबरण र सुरक्षाको ग्यारेन्टी गरे हाम्रो जस्तो संभावनाको खानी भएको मुलुकमा अस्ट्रेलियन लगानीकर्तालाई भित्राउन गारो छैन ,योन्जनले सुनाए ।
साउथ अस्ट्रेलियाका महाबाणिज्यदुत दिपक धमलाले कोरोनाको कहालीलाग्दो अवस्थाका बिच संभावनाको खोजी गर्नु आफैमा महत्वपुर्ण बिषय भएको र यसले मुलुकको हितमा ठुलो योगदान गर्ने बताए ।
कार्यक्रममा एनआरएनका महासचिब ज्ञानेन्द्र रेग्मीले लगानी सभा र सम्मेलनले संभावनाको निचोड नीकाल्ने भएतापनि त्यसको कार्यान्वयन पक्षमा भने गम्भीर हुनुपर्ने बेला आएको बताए । रेग्मीले अगाडि भने हामीले आफ्नोतर्फवाट सक्ने काम गर्ने हो तर राज्यको सहज निती पनि लगानी आकर्षणको मुख्य आधार हो ।
केहि हप्ता अघि मात्र अष्ट्रेलियाका ठुला परियोजनाहरुमा नाम कमाएको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा ५ सय मेगावाटभन्दा ठूलो जलविद्युत परियोजना र ग्रिन प्रोजेक्ट लगायतका केहि महत्वपुर्ण योजनामा नेपालमा लगानी गर्ने सोचका साथ आफ्नो प्रतिनिधीलाई नेपाल पठाएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएनका उपाध्यक्ष देब गुरुङले एनआरएनले निजी क्षेत्रमा लगानी गरिरहेको बताउदै राजदुतावासले गर्ने कार्यक्रमले आधिकारीक धारणा बनाउन मद्दत पुग्ने बताए । राजदुतावासकी उप सचिब द्रुपदा सापकोटाले सन्चालन गरेको कार्यक्रममा एनआरएनका प्रवक्ता देब गुरुङ, अस्ट्रेलियन नेप्लीज मेडिकल एन्ड डेन्टल एशोसियसनकी प्रतिनिधी पुनम पन्त, नेप्लीज अस्ट्रेलिया पत्रकार संघकोतर्फवाट सहअध्यक्ष ऋषी आचार्य र महासचिब चिरन्जिवी देवकोटाले कार्यक्रमको बिषयमा आआफना धारणा राखेका थिए ।