सावधान, फेसबुके हुन्डीवाट ठगिनु होला !!

सुरेशराज शर्मा

नेपाल पैसा पठाउने हुन्डी व्यबशायीद्धारा लेनदेनका नाममा अस्ट्रेलियाका नेपाली विध्यार्थी र समुदायमाथी ठगीका घटनाक्रम बढन थालेपछि अस्ट्रेलियास्थीत नेपाली राजदुतावासको ध्यानाकर्षण भएको छ । राजदुतावासले स्थानिय कानुन व्यबशायी, राष्ट्रबैंकका प्रतिनिधी सहितको बैठक गरेर मनी ओसार पसारका नाममा नेपालीहरुलाई ठगी गर्नेलार्ई कारबाहीको दायरामा ल्याउने जनाएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूतावासले पीडितहरुको उजूरीका आधारमा कानुन व्यवसायी तथा सरोकारवालासँग छलफलगरेर सापटी लगायतको आर्थिक कारोबारका नाममा ठगीमा संलग्नहरुको खोजी तिब्र बनाएको र कारबाहीको लागि सम्वन्धित निकायमा लैजाने बताएकोे हो ।
राजदूतावासल पीडितहको उजुरुीका आधारमा नेपाल पैसा पठाउने बहानामाा ठगी कार्यमा संलग्न केही व्यक्तिहरुलाई सचेत गराउँदै तिर्न बाँकी रकम तत्काल बुझाउन भनेको छ । पैसा ओसार पसार तथा हुण्डी कारोबारी बिरुद्ध कडा कारबाहीका लागि नेपाल र अस्ट्रेलियाका सम्बन्धित निकायहरुमा सिफारिस गरीने समेत दुतावासले जनाएको छ ।


दुतावासले ठगीमा पर्नेहरुले मेलवर्न र तास्मािनयाका घटेका घटनालाई मध्यनजर गर्दै उजूरी दिएको र ठगी गर्नेको नाम समेत किटानी गरिएको कारण कारबाहीको दायरामा ल्याउन समुदाय र सम्वन्धित निकायलाई सहयोग गर्न आह्वान समेत गरेको छ । छलफलमा अवैतनिक नेपाली महावाणिज्यदूत, गैह्र आवासीय नेपाली संघ तथा नेपाली समूदायका प्रतिनिधिहरुले लामो समयदेखी अस्ट्रेलियाका नेपाली समुदाय हुण्डी कारोवारी, सटही, सापटी लगायतका नाममा ठगीदै आएको भन्दै ठगहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरेका थिए । अहिले फेसबुकमा बिभिन्न नक्कली आइडी बनाएर हुन्डीमार्फत आकर्षक प्रस्ताब दिदै बिध्यार्थीहरुलाई ठग्ने गिरोह फेरी सलबलाएको छ । मेलवर्नमा सयौ नेपाली विध्यार्थीहरुलाई ठगेका कारण बिभिन्न उजुरी परेपछि नाम र थर परिवर्तन गर्दै बिध्यार्थी ठगी गर्ने हुन्डीवाल भरत केसी मेलवर्नमा ठगिको आरोपमा पक्राउ परेका थिए ।
अहिले मेलवर्नमै बदनामी कमाएका अर्का हुन्डीवाल पवन शाह र सीड्नीका सरोज ढकाल हुन्डी मार्फत नेपाल पैसा पठाउने र आपत बिपतमा परेका नेपाली विध्यार्थीलाई प्रलोभनमा पारी नेपालवाट पैसा ल्याइदिन्छु भन्दै लागिपरेका छन । उनिहरु बिभिन्न नाममा फेसबुक खोलेर विध्यार्थीहरुसँंग पैसा उठाउने काममा लागेका देखिन्छन । यीनीहरुवाट पनि विध्यार्थी र अन्य नेपाली ठगिनसक्ने देखिएकोले सम्वन्धित निकायको आँंखा त्यसतर्फ पुग्नु जरुरी देखिएको छ । अहिले सीड्नीका हुन्डीका नाइके मानिएका केसर सापकोटाले हुन्डीलाई समेत सहज बनाएका छन । अस्ट्रेलीयामा रहेका एक चिनिया मुलका ब्यापारी ब्रायन्टलाई सीड्नीमा डलर दिने र नेपालको सीमामा रहेका भारतिय शहर सीलगुढीका ब्यापारी बिकास जैनमार्फत पैसा नेपाल पुरयाउने काममा यीनी लागेको सम्वन्धित सुत्रले बताएको छ । बिकास जैनले बिभिन्न एजेन्ट मार्फत नेपालका सीमा शहरवाट बैंक दाखिला गर्ने गरेको नया रहस्य खुलेको छ ।