शताव्दीको सबैभन्दा ठुलो मानवीय संकटका रुपमा देखिएको कोरोनाका कारण बेरोजगारी, भोक र रोगले पिडीत नेपालीको पिडामा मल्हम लगाउने काममा अग्रसर नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम(एनएडीएफ)ले पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो चरणमा देशका बिभिन्न जिल्लामा राहत बितरण कार्यक्रम सम्पन्न भएको जानकारी गराएको छ ।
सीड्नीको टाउनहलमा आयोजित पत्रकार सम्मेलनमा एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटाले राहत स्वरुप तराइका बिभिन्न र पहाडका केहि जिल्लामा राहत बितरण अन्त्र्गत खाद्यान्न बितरण कार्यक्रम आयोजना गरिएको बताए । अस्ट्रेलियालाई कर्मभूमि बनाएका र यस सस्थासंग प्रत्यक्ष र परोक्ष रुपमा आबद्धसाथीहरु र सुभेच्छुकहरुको सहयोगी हात र भरपर्दो साथका कारण नेपालमा पहिलो चरणमा राहत बितरण कार्यक्रम सम्पन्न गर्न सकेको अध्यक्ष सापकोटाले सुनाए । तराइका पर्सा रौतहट,सर्लाही र पहाडका जाजरकोट,कालिकोट लगायतका जिल्लामा गरेर कुल ८ सय ९ परिवारलाई राहत स्वरुप खाद्यान्न बितरण गरिएको संस्थाका अध्यक्ष सापकोटाले बताए ।
सहयोग स्वरुप प्रतेक परिवारलाई तराइमा २५ किलो चामल, २ किलो दाल्, खानेतेल , साबुन, नुन र मास्क बितरण गरिएको थियो भने पहाडी जिल्लामा ३० किलो चामल र दुइ किलो दाल प्रती घरपरिवार बितरण गरिएको थियो ।
जस अनुरुप पर्साको अलौमा १०५, सुगौलीमा १२५ लक्ष्मीपुरमा २५८ तथा रौतहटको गरूडामा १६० परिवारलाई, सर्लाही जिल्लाको चन्द्रनगर मा ११५ दलित परिवारलाई राहतस्वरुप खाद्य सामाग्री प्रदान गरिएको थियो । जाजरकोटको भेरी नगरपालिका अन्तरगत खलंगाको गौरीखालीमा ५३ परिवार, कुटुमा ६ परिवार र पुन्याको स्याउली बजारमा ३३ घर परिवार सहित १०३ तथा कालिकोटको राचुलीमा १३ घर परिवार र मान्ममा १५० परिवारलाई विपन्न तथा गरिव परिवारलाई राहत बितरण गरिएको संस्थाका महासचिब भिष्म भण्डारीले बताए ।
यस्तै संस्थाले मुलुकमा परेको भबितब्यमा समेत सहयोगको हात बढाउदै आएको संस्थाका उपाध्यक्ष माधव गैरैले बताए । कालिकोटकै राचुलीमा मंसीर १३ गते भएको आगलागीबाट वास र गाँस गुमाएर कष्ट्कर जीवन निर्वाह गरिरहेका पिडित १३ परिवारलाई प्रति परिवार २र२ वटा स्लिपिंग ब्याग, टेन्ट र नगद सहयोग गरेको गैरैले सुनाए ।
गाउँका अति नै विपन्न्,गरीब र दलित परिवारहरुलाई लक्षित गरी उनीहरुकै गाउ वस्ती मा पुगेर खाध्धन्न राहत बितरण गर्ने कार्यमा सन्चारकर्मीहरु चन्द्रकिशोर झा, जनक केसी र तरुणलदका नेता भुपेन्द्र शाहीले महत्वपुर्ण सहयोग गरेको एनएडीएफका मिडिया संयोजक प्रकाश हुँंमागाइले बताए ।
यस अभियानमा ११ हजार ८६१ अस्ट्रेलियन डलर खर्च गरिएको हुमागाइले सुनाए ।
जन्मभूमिमा सारो गारो पर्दा जुरुक्कै उठ्ने प्रवासी मनहरुको सहयोग सानै भएपनि मानवीय दृष्टीकोणमा महत्वपुर्ण रहने एनआरएनका युवा अभियन्ता
प्रकाश खरेलले बताए । पत्रकार सम्मेलनमा एनएडीएफका हरि अधिकारी,जन सम्पर्क समिती न्यु साउथवेल्सका महासचिब सुर्य खनाल,प्रज्वल भट्टराइ लगायतको उपस्थीती रहेको थियो ।