चामत्कारीक स्पार्क हेल्थ होम

–राजेन्द्र प्रसाद पाठक

प्राकृतिक श्वास्थ सेवामा विगत दुई दशक भन्दा लामो सेवा प्रदान गर्न सफल यस संस्थाको बिरामीहरु सँग गहिरो सम्बन्ध छ । श्वास्थ क्षेत्रमा देखिएको बिभिन्न किसीमका बिसङ्गतीहरु तर्फ बिमती राख्दै विगत लामो समय देखी अनवरत बिरामीहरुको सेवामा तल्लीन यस संस्थाले पिडीतहरुलाई हदै सम्मको गुण लगाएको महसुस गर्न सकिन्छ । अपरेशन विना कुनै पनि हालतमा साध्य नहुने किसीमको बिमारी बाहेक अन्य किसीमका सेवाहरुमा जस्तै बिशेषज्ञ सेवा , अन्तरंङ्ग ,बहिरंङ्ग सेवा , प्राकृतिक चिकित्सा , आधुनिक फिजियो थेरापी , बिभिन्न किसीमका रिह्याबिलीटेशन सेवा , म्यनिपुलेशन थेरापी , मसाज थेरापी , जिवन शैली ब्याबस्थापन , योग , षठकर्म , पञ्चकर्म , अत्याधुनिक हाईड्रो थेरापी , अक्कुपञ्चर , अक्कुप्रशर , लाईफ रिभर्स थेरापी , आदी प्राकृतिक बाताबरण सहितको सेवा प्रदान गर्दै । श्वास्थ शिविर र एम्बुलेन्स सेवा समेत प्रदान गरिन्छ । दैनिक खानपीनको असामाञ्जस्यता , योग ब्यायाम र आहार बिहारको अनियमितताका कारण र हाम्रो जविन शैली नै हामीमा लाग्ने रोगको प्रमुख कारक हो । बढ्दो शहरीकरण , शौखिन जीवन शैली ,र मिसावटी खानपान आदी कारणबाट मानव श्वास्यमा अत्यन्तै हानी पु–याएको छ । वातावरण पूर्ण रुपमा ध्वस्त भएको छ । प्राकृतिक वातावरण पाउनु आफैमा अहोभाग्य सावित भएको छ । बढ्दो सवारी साधनको प्रयोगले पनि हामीलाई शारिरीक श्रमबाट बञ्चित बनाएको छ । शरीरका सम्पूर्ण अंङ्ग कुण्ठित भएका छन् ।

आधुनिक चिकित्सा पद्यतीले मात्रै सबै किसीमका उपचार हुन नसक्ने र यस्ता खालका रोगहरु जसको उपचार प्राकृतिक तौर तरिकाबाट सम्भव छ । त्यस्तै तरीकाबाट जनमानसमा सफल उपचार गर्न सफल संस्थाको नाममा दरिन पुगेको स्पार्क हेल्थ होम अस्पतालले माथी उल्लेखित सबै किसीमका सेवाहरु दिएर निरास भएकाहरु माथी गहिरो संम्बन्ध स्थापित गर्न सक्षम भएको छ । अत्यन्तै घरेलु वातावरणमा गरिने उपचार प्रकृयाले धेरैलाई खुशी तुल्याएको छ । जीवनदाता यस अस्पतालले अधिक सेवा र सर्वसुलभ शुल्कमा उपचार गरिने भएकै कारण विना प्रचारमा समेत यस अस्पताल प्रतिको विश्वसनियता बढ्दै गएको छ । स्वयं मेरै लागी समेत संञ्जिीवनी सावित भएको यस संस्था र यसका संस्थापक मेरा परम मित्र हरि रिजाल प्रति आभार प्रकट गर्न चाहन्छु । यस्ता कैयौं बिमारीहरु संङ्ग मेरो भेट तथा अंन्तरंङ्ग कुराकानीहरु भए त्यसकै आधारमा म यो लेख लेख्न पे्ररित भएँ । सहज जीवन ज्यून आषा मारी सकेकाहरुले समेत सक्षम र सफल जीवनको पुःःन शुरुवात गर्न सकिन्छ भन्ने समेतको आँट हौसला समेतको अवलोकन गर्न पाउँदा यस संस्था श्वास्थ सम्बन्धि निरीह भएकाहरुका लागी सञ्जिवनी सावित भएको छ । अस्तु ।