एक्सपर्ट वेस्टर्न अस्ट्रेलिया फुटबल लिगको उपाधि नेप्लीज युनाइटेड फुटबल क्लबले जितेको छ । फाइनलमा नेप्लीज युनाइटेड फुटबल क्लबले गोर्खा ब्वाइज एलाई ३,०ले हराउदै लिग कम नक आउट प्रतियोगिताको उपाधि सहित २५ सय डलर हात पारेको छ । अस्ट्रेलियाको वेस्टर्न अस्ट्रेलियाको राजधानी पर्थमा नौ हप्ता लामो लिगपछि सम्पन्न फाइनलमा प्रतिद्धन्द्धी गोर्खा ब्वाइजलाई एकतर्फी दबाब सृजना गर्दै युनाइटेडले सहज जित हात पादैै उपाधिमाथि आफ्नो नाम लेखाएको थियो ।
फाइएनलमा नेप्लीज युनाइटेडकातर्फवाट फाइनलमा गोर्खाविरुद्ध लेभेन बस्नेत,मोर्डन र राजेन्द्र बुढाथोकीले एक एक गोल गरेका थिए ।
प्रतियोगितामा वेस्र्टन अस्ट्रेलियाका ६ वटा नेपाली फुटबल टिम र नेपाली भाषि भुटानका दुइ टिमगरी कुल ८ वटा टोलीले सहभागिता जनाएको आयोजक समितीका सदस्य कमल थापाले बताए । वेस्टन अस्ट्रेलिया फुटबल आयोजक समितीद्धारा हरेक बर्ष आयोजना गरिने यस लिगका विजेताहरुलाई भने एक भब्य कार्यक्रम बिच जनवरीको तेस्रो साता गाला डिनर आयोजना गर्दै सम्मान समेत गरिने थापाले जानकारी दिए । प्रतियोगिताको दोस्रो स्थान हात पारेको गोर्खाले भने १५ सय डलर सहित ट्रफी हात पारेको छ । प्रतियोगिताका विजेताहरुलाई समाजसेवी आङदावा शेर्पा,श्रीमती रोशान शेर्पा , एक्सपर्ट वेस्टर्नअस्ट्रेलियाका निर्देशक दिपेन्द्र चौधरी, समज भण्डारी, एटीसी कलेजका आशिफ अली र डेल श्रेष्ठले ट्रफी,प्रमाणपत्र तथा नगद पुरस्कार बितरण गरेका थिए । खेलकुदको माध्यमवाट वेस्टर्न अस्ट्रेलियामा छरिएर रहेका नेपाली युवावर्ग र समाजलाई एक आपसमा जोडने प्रतियोगिताको मुख्य लक्ष्य रहेको आयोजक समितीका संयोजक सुवास श्रेष्ठले बताए ।
प्रवासमा अध्यन गर्न आएका प्रतिभाशाली नेपाली युवाहरुलाई खेलकुदको रहर मेटाउने माध्यम तथा प्रतिभा प्रस्फुटनको संभावना समेतलाई मध्यनजर गरेर प्रतियोगिता केहि बर्षदेखि निरन्तरता दिइआएको श्रेष्ठले सुनाए ।