अस्ट्रेलियाको सीड्नीमा पनि राष्ट्रीय एकता दिवस तथा पृथ्वी जयन्ती धुमधामका साथ मनाइएको छ । स्थानिय नेपाली युवा अभियन्ताहरु डिला खरेल, दिपक पौडेल र मदनमणि अधिकारीले अर्वन पार्कमा आयोजना गरेको पृथ्वी जयन्ती तथा एकता दिवसमा बिहानदेखि साझँंसम्म पृथ्वी नारायण शाहको तस्वीरमा माल्यापर्ण गरेर राष्ट्रीय गानका साथ मनाइएको थियो ।
नेपाल एकिकरणका नायक तथा नेपाली राष्ट्रीयताका प्रणेता पृथ्वी नारायण शाहको जन्म जयन्तीलाई अन्तर्रािष्ट्रिय नेपाली दिवसका रुपमा केहि बर्षदेखि अस्ट्रेलियामा मनाउदै आइएको आयोजकमध्येका एक डिला खरेलले बताए । इतिहाँसलाई सम्मान गर्न सकेमात्र गर्विलो भबिष्य बनाउन सकिने हुनाले पनि नेपाललाई एकिकरण गरेर हामीलाई नेपाली बनाउने पृथ्वी नारायण शाहलाई हामीले बिदेशमा बसेर पनि सम्मान गर्ने परम्पराको थालनी गरेका हौ, खरेलले बताए ।
मन्तब्य र कार्यक्रम बिना सम्मानको फुल चढाउन आयोजना गरिएको कार्यक्रममा स्थानिय अर्वन नेपाली अभिभावक समाजले दिनभरनै राष्ट्रीय गान बजाएर माहौललाई निकै मनमोहक बनाएका थिए । स्थानिय नेपाली अभिभावकहरुले नेपाली बाजा मादल ,हार्मोनियम सहित उपस्थीत भएर राष्ट्रीयता झल्कने विविध गीत संगित पस्केका थिए ।
पृथ्वी जयन्तीलाई यस बर्षपनि गौरव,श्रद्धा र नेपाली एकताको त्रिबेणी बनाउने प्रयासका साथ दिनभर अन्तर्राष्ट्रीय एकता दिवस मनाउने प्रयास गरेका हौ , जुन सफल भएको छ, आयोजक मदनमणी अधिकारीले सुनाए ।
कार्यक्रममा एनआरएनका पदाधिकारी, नेपाली समाजका अगुवा लगायत सयौ व्यक्तीको उपस्थीती रहेको थियो । तोड्नेहरुको बिगबीगी भइरहेको बेला खन्ड खन्ड राज्यलाई जोडेर अखन्ड नेपाल बनाउने राष्ट्रीय एकिकरणका नायकप्रती श्रद्धासुमन अपर्ण गर्नु महत्वको बिषय भएको पुराना सन्चारकर्मी डिल्ली ढकालले बताए । बिहानै पृथ्वी नारायण शाहको तस्वीरमा फुलगुच्छा चढाएपछि ढकालले भने, इतिहास थिएन भने वर्तमानको कल्पना पनि गर्न सकिदैनथ्यो,त्यसैले पनि बिगतलाई सम्मान गर्न सक्नुपर्दछ ।
करिब साढे दुइ घन्टाको ट्र्ेन यात्रापछि ओलंघनवाट सीड्नीमा पृथ्वी जयन्ती मनाउन आएका डा रामकृष्ण निरौलाले गर्विलो इतिहास बोकेको हाम्रो देश र त्यसमाथि पनि नेपाल राज्य निमार्ण गर्ने श्री ५ पृथ्वी नारायण शाह सम्मानको हकदार भएकोमा कुनै दुइमत नरहेको बताए । नेपाली हामी रहन्थ्यौ कहाँं नेपालनै नरहे भन्ने गित संझदै डा निरौलाले भने, जसले आज हामीलाई संसारमा चिनाएका छ ,उसलाई संसारको जुनै कुनामा भएपनि सम्मान गर्नुपर्छ भनेर आफु टाढैवाट भएपनि कार्यक्रममा आइपुगेको सुनाए ।
कार्यक्रममा सहभागि एनआरएनका उपाध्यक्ष देव गुरुङ , नेपाली समाजका अगुवा दिनेश जोशी युवा अभियन्ताहरु अजय राजवंशी, सरोज पाण्डे, विजय पौडेल, रोशन खतिवडा, राजु गिरी लगायतको उपस्थीती रहेको थियो ।
भब्यरुपमा मनाइयो सीड्नीमा पृथ्वी जयन्ती
205
Shares