पर्थमा स्पोर्ट्स गाला डिनर सम्पन्न

फुटबल खेलाडी सम्मानित

अस्ट्रेलियामा नेपालीहरुको बाक्लो बस्ती रहेको पर्थ शहरमा आयोजित दुइ महिने लामो फुटबल लिगका विजेताहरुलाई एक भब्य समारोहबिच पुरस्कृत तथा सम्मानित गरिएको छ । पर्थमा आयेजित स्पोर्टस गाला डिनर कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा उत्कृष्टता हासिल गरेका खेलाडी तथा विजेता टोलीलाई स्थानिय एनआरएनका पदाधिकारी तथा समाजिक अभियन्ताहरुले पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । जसमा प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा बिर जंग घोषित भएभने उत्कृष्ट रक्षकमा सविन्द्र श्रेष्ठ तथा उत्कृष्ट मिडफील्डर,फरर्वाडमा भागवत भट्टराइ अनि राइजिङ स्टारमा सुदिप खनाल घोषित भए ।

प्रतियोगिताको उच्च गोलकर्तामा सन्तोष मगर र खेलकुद ब्यक्तीत्वको ट्रफी सुवास गुरुङ तथा कमल थापाले संयुक्त रुपमा हात पारेका छन । पर्थमा लामो समयपछि खेलकुदमार्फत जोडिएको नेपाली समाजका अगुवाहरु दावा शेर्पा ,आयोजक सुवास श्रेष्ठ ,डेल श्रेष्ठ, मनि पनेरु तथा एनआरएनका उपाध्यक्ष कृष्णमान श्रेष्ठ ,प्रयोजककातर्फवाट दिपेन्द्र चौधरी,सृजना चौधरी, दिपक बस्नेत,आसिफ अली ,राज थपलीया, भैरव ढकाललगायतले विजेता खेलाडीहरुलाई ट्रफी तथा पमाणपत्र बितरण गरेका थिए ।
वेस्र्टन अस्ट्रेलियन नेप्लीज फुटबल एशोसियसनद्धारा आयोजित फुटबल लिगको दोस्रो संस्करणको विजेता नेप्लीज युनाइटेड फुटबल क्लबलाई कार्यक्रममा ट्रफीको रिप्लीका समेत प्रदान गरिएको थियो ।
प्रतियोगिताको विजेतालाई २५ सय डलर तथा उप विजेतालाई १५ सय डलर पुरस्कार प्रदान गरिएको थियो । प्रवासमा फुटबलको माध्यमवाट नेपाली मनहरुलाई जोडने र प्रतिभाहरुको पहिचान गर्ने उद्देस्यका साथ एक बर्ष अगाडिदेखि दुइ महिना लामो लिग फुटबलको आरम्भ गरिएको आयोजक वेस्र्टन अस्ट्रेलियन फुटबल लिगका आयोजक सुवा श्रेष्ठले बताए ।