डोरिन मन्डा नेपाली समाजमा काफ्ले

मेलवर्न , अस्ट्रेलिया :  मेलवर्नको आसपास रहेको डोरीन मन्डा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको समाजिक संस्था डोरिन मर्नडा नेपाली समाजको साधारणसभाले गोपाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ।
कार्यसमितिको उपाध्यक्षमा कृष्ण चालिसे, सचिबमा हेमराज चालिसे ,सहसचिबमा सुदीप श्रेष्ठ ,कोषाध्यक्षमा हेमराज पौडेल तथा सहकोषाध्यक्षमा अन्जु अधिकारी चयन भएका छन । यस्तै समाजको नया कार्यसमितीको सदस्यहरुमा मनोज ढुंगाना,नबराज शर्मा,मदन सुबेदी, शुमन्ता खतिवडा, शमा मैनाली
र प्रकाश पौडेल चुनिएका छन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष सुनील मैनालीले संस्थाको बार्षिक प्रतिबेदन तथा कोषाध्यक्ष कृष्ण चालिसेले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
डा. सुरेन्द्र रौनियार, डा. बिमल श्रेष्ठ र राम गुरुङसम्मीलित तीन सदस्यीय समितिले साधारण सभा र कार्यसमितिको चयन प्रकृया संयोजन गरेका थिए ।
नेपालीहरूको उल्लेखनीय बसाइ रहेको यस क्षेत्रमा समाजले बीगत २ बर्षदेखि नेपाली बालबालिकाहरूको लागि नेपाली पाठशाला र नृत्य प्रशिक्षण तथा बयस्कहरुको लागी योग र ध्यान कक्षा पनि संचालन गर्दै आएको छ। त्यसका साथसाथै जमघटका रूपमा फुटबल खेल्ने, चाडपर्वहरूको कार्यक्रम गरेर आपसी भाइचार साटनुका साथै सहयोग र सदभाव बढाउने काम गर्दै आएको नवनिर्वाचित अध्यक्ष काफ्लेले बताए ।