नेपालद्वारा थाइल्यान्ड २५५ रनले पराजित

काठमाडौं, भदौ २६ । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको छ ।

अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङमा नेपालले थाइल्याण्डलाई पछि पार्दै २५५ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।

जवाफी ब्याटीङ गर्न आएको थाई टीमका ७ जनालाई नेपाली लेग स्पीनर सन्दीप लामिछानेले पेभिलियन फर्काएपछि थाइल्यान्ड २६ रन मै अलआउट भएको हो ।

नेपालबाट अनिलकुमार शाह र प्रनित थापामगरले अर्धशतक बनाएका थिए । अनिल ९१ र प्रनित ५० रन बनाई आउट भए । त्यस्तै सन्दीप सुनारले ३२ रन जोडे । थाइल्यान्डका लागि पी. सुङनार्डले ६१ रन खर्चेर ३ विकेट लिए ।