संघर्ष गर्दा कम्युनिष्टसँग मिल्न नहुने– महामन्त्री कोइराला

काठमाण्डौ,फागुन ९ गते त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनलाई ऐक्यबद्धता जनाउन पुगेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ,यो विषय अदालतमा पनि विचाराधीन छ र बैशाखमा चुनाव संभव नरहेको समेत बताएका छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव नगराउने दाबी पनि उनले गरे, सरकारले वैशाख १७ र २७ मा चुनाव घोषणा गरेको तर हामी प्रतिनिधि सभा पुनर्स्थापनाका लागी संघर्ष गरिरहेका छौ पार्टीले अझै संघर्ष जारी राख्नुपर्ने पनि बताएका छन्।

उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले तीन चरणमा आन्दोलन गरे पनि थप आन्दोलनका कार्यक्रम जारी गरेको छैन।

संघर्ष गर्दा कम्युनिष्टसँग मिल्न नहुने कोइरालाको भनाइ छ।

‘अरूसँग मिलेर संघर्ष गर्न हुन्न। कांग्रेसको सहयोगले नेपालमा कम्युनिष्ट छन् अन्यत्र पलायन भइसके,’ उनले भने। उनले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्ने पनि बताएका छन्।

‘ओलीले चुनाव गराउँदैनन्। वैशाखमा चुनाव हुँदैन। कम्युनिष्ट पार्टी फुटेका छैनन्। जब फुट्छन् अनि चिन्हको विषय आउँछ। एउटालाई सूर्य चिन्ह दिँदा अर्कोले मुद्दा हाल्छ दुई चार महिना त्यसै जान्छ,’ उनले भने, ‘कि त सूर्यबाहेक अन्य चिन्ह दिनुप¥यो।’

उनले कांग्रेसको १४ औं महाधिवेशनलाई ध्यान दिनुपर्ने र भदौ ७ देखि कांग्रेस महाधिवेशन छ,हामीले महाधिवेशनलाई ध्यान दिने हो, चुनाव पछि हुँदै गर्छ,’ उनले भने।

स्ववियू निर्वाचनलगायत माग राखेर नेविसंघ १९ दिनदेखि रिले अनसनमा बसेका छन्, विद्यार्थीका जायज मागहरु पूरा गर्न पनि कोइरालाले माग गरेको छ ।