निर्वाचनको लागी तीव्ररुपमा तयारी भइरहेको–उपप्रधानमन्त्री पोख्रेल

चितवन, फागुन १० गते उपप्रधानमन्त्री ईश्वर पोख्रेलले भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै निर्वाचन तोकिएको समयमै हुने र यसमा कुनै आशंका गर्नुनपर्ने बताए ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मिति सार्वजनिक भइ निर्वाचनको प्रक्रिया अघि बढेकोले मिति नसर्ने कुरामा आम जनता,सबै पार्टीहरु ढुक्क हुन आग्रह समेत गरेका छन् ।

निर्वाचनको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भइसक्यो र निर्वाचन आयोगले पनि आफ्नो काम अगाडि बढाई सकेको छ । सुरक्षालगायत अन्य तयारी पनि निर्वाचनको लागी तीव्ररुपमा भइरहेको कुरा पोख्रेलले जानकारी गराएका छन् ।