काठमाण्डौ,फागुन ११ गते प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै दिन सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्न फैसला सुनाएको छ ।
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरी १३ दिन भित्रै संसद अधिवेशन बोलाउन आदेश समेत दिएको छ ।
अदालतले फैसला सुनाउँदै गर्दा ओलीको जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बोलाएका आफन्त र केहि कार्यकर्ताहरुको उपस्थिती हुदै गर्दा अदालतको फैसला भने सबैलाई जानकारी भईसकेको थियो । ओली ६९ पुरा भएर ७० वर्ष टेकेका छन्।
ओलीको जन्म दिनको अवसरमा बालुवाटामा उनि निकटका नेताहरु सो कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्यको ‘मेरा अनुभुतिहरु’ किताब बिमोचन, नाचगान लगायतका कार्यक्रम भएको छ ।
159
Shares