काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
राति ट्वीट गर्दै उनले सर्वोच्च अदालतको फैसलापछि ओलीको प्रधानमन्त्री पदमा रहने सबै आधार समाप्त भएको तर्क गरेका हुन् । सर्वोच्चको फैसलाले प्रतिनिधिसभा विघटन असंवैधानिक र स्वेच्छाचारी भएको प्रमाणित गरेको उनले उल्लेख गरेको थियो ।
उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाईसमेत दिएका छन् । ‘‘प्रम केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ । उहाँले प्रमको पदमा रहने सबै आधार समाप्त भएका छन् ।
उनले भने प्रधानमन्त्री ओलीले तुरून्त राजीनामा गर्नुपर्छ । प्रम ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई, नेता रावलले ट्वीटमा लेखेका छन् ।