काठमाडौ,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ल महासचिव मोहन वैद्य ‘किरण’ले एक विज्ञप्ति जारी गर्दै सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद तथा फाँसीवादतर्फ उद्यत कदमलाई असफल तुल्याइदिएको बताएको छ ।
उनले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको भन्दै उक्त पार्टीले प्रतिनिधिसभाको पुनःस्थापना वा मध्यावधि निर्वाचनमध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि संकटको निकास नहुने कुरा उल्लेख गरेका छन् ।
उहाँको विज्ञप्तिमा परन्तु, हाम्रो पार्टीले उक्त विषयबारे आफ्नो अभिमत प्रकट गर्दा प्रतिनिधिसभाको पुनःस्थापना वा मध्यावधि निर्वाचनमध्ये जुनसुकै पक्षमा निर्णय गरिए पनि वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा संसदीय व्यवस्थाभित्र चुलिँदै आएका संकटको निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्या समाधान हुन सक्दैन भनेर ठोकुवा गरेको थियो, तसर्थ, हाम्रो पार्टी वर्तमान राज्यसत्ता तथा व्यवस्थाभित्रको संकटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाको समस्याको समाधानका लागि संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको ठान्दछु र त्यसनिम्ति हाम्रो संघर्ष जारी नै रहने छ ।