काठमाडौँ,फागुन १३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरू र नेताहरूसँग छलफल गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको र बदलिदो राजनीतिक घटनाक्रमबारे नेताहरूसँग देउवाको कुराकानी केन्द्रीत रहेको थियो ।
नेकपाका प्रचण्ड–माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सहकार्यको प्रस्ताव गरेको कुरा देउवाले यसबारे पार्टीमा छलफल गर्ने बताएका छन् ।
अपरान्ह ३ बजे देउवाले कांगे्रस पदाधिकारी बैठक राखेका छन्। उक्त बैठकमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुनेछ।
सभापति देउवाले समसामयिक राजनीतिक घटनाबारे कुराकानी गरेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए।
देउवाले आफूनिकट नेताहरूसँग मुख्यतया नेकपामा दुइटा समूह देखिए पनि कानुनी रूपमा नेकपा सग्लो नै रहेको विफ्रिङ गरेका छन्।
साथै नेकपाका दुवै समूहले विभिन्न प्रस्ताव गर्दै आएको देउवाको भनाइ छ। यसबारे केन्द्रीय सदस्य साउदले पनि नेकपाका दुवै पक्षले प्रस्ताव गरिरहेको कुरा यसअघि नै सार्वजनिक भइसकेको र यो सामान्य विषय रहेको बताएका छन्।