कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छ–उपसभापति निधि

काठमाण्डौ,फागुन १४ गते वसुन्धरामा स्थापित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा शालिक अनावरण गदै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसदभित्र कांग्रेसले लोकतन्त्र, संविधान र जनताका पक्षमा जिम्मेवार भूमिका निर्वाह गर्ने बताएका छन्।

अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपाका दुवै पक्षले सरकार बनाउन कांग्रेसको साथ, सहयोग खोजिरहेको छ, कांग्रेसले संसदबाटै उचित निर्णय लिन्छ, उनले भने।

उनले विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह र महेन्द्रनारायणका नाममा स्थापना भएका अस्पताललाई जोडेर विश्वविद्यालय निर्माण गर्न सुझावसमेत दिएका छन् ।

कांग्रेस सहकारी विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले शान्ति र अहिंसाबाट भएको परिवर्तन दिगो हुने धारणा राख्ने निधि सादा जीवन उच्च विचारका व्यक्ति भएको बताए।