प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डौ,फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्ले संसद् अधिवेशन आह्वान गर्ने सम्भावना रहेको बताएको छ ।

सर्वोच्च अदालतले यही फागुन ११ गते प्रतिनिधिसभा विघटनको कदम बदर गरेको थियो । १३ दिनभित्र संसद् बैठक बोलाउनसमेत सर्वोच्चले भनेको थियो ।

ओली समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशन आह्वान गर्ने निर्णय गरिसकेको छ ।