अविश्वासको प्रस्ताव राखेर हटाउनहोस्–प्रधानमन्त्री ओली

पोखरा,फागुन १७ गते गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका छन् ।

हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ, तर डेढ वर्षपछि फेरि दुइतिहाइ बहुमत ल्याउछौँ,हामी सुखी नेपाली, समृद्ध नेपालमा अडिग छौँ उनले भने

अघिल्लोपटक पनि उहाँहरूले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो, हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन्, एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो समेत बताए ।

त्यतिबेला उनीहरूको आन्दोलन ध्वस्त पार्ने योजना रहेको उनले बताए । उनले अहिले पद्धति प्रक्रियाबाट आउन चुनौती दिए । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया, प्रजातान्त्रिक कस्तो रहेछ हामी पनि हेरौँला, उनले चेतावनीको भाषा प्रयोग गरे, अविश्वासको प्रस्ताव राखेर हटाउनहोस् न । कमसेकम कुस्तीमा कसले जित्छ, हार्छ भन्ने नियम राखेर भए पनि हटाउनुहोस् । उहाँहरूलाई आफू बलियो छु भन्नेजस्तो लाग्छ, भने कुस्ती खेलेर प्रधानमन्त्री बन्ने नियम बनाउनुहोस् ।”

उनले दिनमै दुई–तीनपटक प्रधानमन्त्री परिवर्तन नहुने बताउँदै भने, “केही त नियम चाहियो नि । संसदीय नियमको अभ्यासको कुरा गर्ने हो भने । संसदको बेहाल उहाँहरूले बनाएको हो । सरकारलाई काम गर्न नदिएको, व्यवधान खडा गरेको उहाँहरूले हो ।”
उनले प्रचण्ड–नेपाल समूहले बहुमत रहेको जिकिर गर्नु निरर्थक रहेको टिप्पणी गरे । “उनीहरूले भनिरहेका छन, हामीसँग केन्द्रीय कमिटीको बहुमत छ, त्यो बहुमत त एकताका लागि मैले नै दिएको हो । एकता गर्दा मैले मेरो नोटकपीमा नाम लेखेर दिएको हो । पार्टी एकताको लागि देश बनाउनका लागि दिएको हो ।”

उनले नियत खराब भएको भए बहुमत आफैँसँग राख्न सक्ने पनि बताए । “म अध्यक्ष नै छु, बहुमत राख्न सक्थेँ, एकताबद्ध भएर जाउँ, देश बनाउँ भनेर हिसाब नगरीकन, जसले जति भन्छ त्यति दिएर पार्टी एकीकरण गरेको हुँ । एकीकरण सक्नेबित्तिकै उहाँहरूले आफ्नो धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गने, देश बर्बाद गर्ने योजना बनाउन थाल्नुभयो,” उनले आक्रोश पोखे ।