राप्रपा महाधिवेशन निर्वाचन बैशाख १० गतेभित्र गर्ने

काठमाण्डौ,फागुन १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्र्रीय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले बताएका छन् ।