काठमाण्डौ,फागुन १८ गते सरकारका संचार मन्त्री पार्वत गुरूङले पत्रकार सम्मेलन गरि नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्न समिति गठन गरेरको जानकारी दिएका छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई रहेको वार्ता टोली गठन गरिएको हो।
विप्लव समूहले पनि छिटै वार्ता टोली गठन गर्ने र सरकारसँग वार्ता हुने अपेक्षा उनको छ। तर सरकारले विप्लव समूहलाई प्रतिवन्ध भने हटाएको छैन।
‘उहाँहरूलाई लागेका मुद्दाहरूलगायत के गर्ने वार्ताबाटै समस्या समाधान हुन्छ, वार्ताबाटै सबै समस्या हल हुन्छ उनले भने ।
उनले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन्। नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको भनाइ छ।
103
Shares