ओखलढुङ्गाको नेपाली काँग्रेसको राजनीतिमा मुर्धन्ने नेताको छवि बनाउन सफल मित्रसेन दाहाललाई म एउटा राजनीतिज्ञ रसमाजसेवीका रुपमा चिन्दछु ।म स्कूले विद्यार्थी जीवन कालदेखि नै नेपाली काँग्रेसको भातृसंगठन नेबिसंघमा आबद्द भएको हुनालेआस्थाका आधारमा पनि अलि नजिकैबाट चिन्ने अबसर पाएकी थिए तेतिबेला उहां ने का ओखलढुंगाको चर्चित र प्रभाबशालि नेताहुनुहुन्थ्यो दर्जनौ ओखलढुंगे हरुलाइ रोजगारीमा लगाइदिनुभएको थियो भने एसएलसिमा ओखलढुंगा जील्लाबट सबैभन्दा बढी नं प्राप्तगर्नेलाइ हरेकबर्ष जेपी प्रतिष्ठानको तर्फबाट रु पॅाचहजार र ओखलढुंगाबाट देशका बिभिन्न क्याम्पसमा पठनपाठन गरेर आइए,बिए,एमएतिनैवटा तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने बिध्यार्थिलाइ पनि रु पाच,पाच हजार पुरस्कार दिने ब्यबस्था गरि प्रोत्साहान दिएरबिध्यार्धिहरुको हौसला बढाउने काम गर्नुहुन्थ्यो।असल कार्यका लागि अग्रणि दाहालका दर्जनौ असल काम हरुले गर्दा पनि उहा मेरोआदर्श ब्यक्ति बन्न पुग्नुभयो।स्वर्गिय दाहाल प्रतिको मेरो त्यो आस्था र आदर्श आजसम्म कायम छ ।
खासगरी विज्ञापन व्यवसायको क्षेत्रमा काम गर्दाका अनुभवहरु मेरा लागि जीवन पर्यान्त स्मरणीय बन्न पुगेको छ।
नेपालमा विज्ञापन व्यवसायमा अग्रस्थानमा आफ्नो आयम बिज्ञापन नामक संस्थालाइ राख्न सफल रहेका दाहाल नेपाल विज्ञापनसंघका संस्थापक अध्यक्ष, नेपालमा प्रिन्टिंग व्यवसायको आधुनिकीकरणका अभियन्ता मात्र नभएर मानवताको सेवामा उहॅाले गर्नु भएकोयोगदान तेतिकै उल्लेखनीय छ। । आयाम विज्ञापन सेवाको नामबाट व्यवसाय सञ्चालन गर्दा उहाँको सेवा नलिने सायद तत्कालिनकालखण्डमा नेपालका कुनै सञ्चार प्रतिष्ठान छैनन् ।
पत्रकारिता, साहित्य र लेखकीय सिर्जनाका क्षेत्रमा पनि उहॅाको निकै योगदान छ। उहाले बिज्ञापन ब्याबसाय सिदान्त र अनुभब,चिन्तन रअनुभुति,कांग्रेस पराजय ओखलढुंगाको सेरोफेरोमा,कथा र ब्याथाको
यात्रा,समसामहिक चिन्तन प्रवाह,मृगौला रोग र समाधान,स्मृतिका पानाहरु,समसामहिक बिचार प्रवाह,कांग्रेस हिजो र आज जस्ता दर्जनौकिताबहरु लेखिसक्नुभएको छ र केही प्रकाशोन्मुख छन।
लगभग बार–तेह्र बर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका मित्रसेन दाहालले अस्पतालको शैयामा पनि नथाकिकन कथा र ब्याथाकोयात्रा,जस्तो मोटो किताब लेख्नुभयो यो जो कसैको सामर्थ्यको कुरा थिएन।स्पष्टबक्ता बरिस्ठ समाजसेवी, कवि , लेखक एबं सहकारीअभियन्ता दाहाल जीवन जिउने कलाका लागि र व्यवसायिक बन्नुपर्छ भन्ने चिन्तनका लागि नेपालकै एउटा धरोहर नै हो । उहाँसंगकोवैचारिक वा सैद्धान्तिक आवद्धता मेरो जीवनको नयाँ मोड र नयाँ गतिशीलताका लागि नविकरणीय वैकल्पिक उर्जा बन्न पुग्यो र त्यसले नैदियो आजको मेरो पहिचानसहितको समृद्ध जीवन भन्ने मेरो बुझाई छ । वैचारिक वा सैद्धान्तिक आवद्धताका आधारमा एउटा परोपकारीसमाजसेवीले मात्र अरुका लागि योगदान दिनसक्छ र त्यो योगदान मेरो जीवनका लागि पनि प्रेरणाको स्रोत बन्न पुगेको छ । ममा मात्रहोइन यस्ता दृष्टान्तहरु उर्जागर गर्दै जाने हो भने म जस्ता सयौमा भेटिन्छन र एउटा इतिहासको मोटो दस्तावेज नै बन्नसक्छ ।समाजसेवी मित्रसेन दाहालमा मान्छेमा निहित प्रतिभा र क्षमतालाई पहिचान गर्न सक्ने विशेष गुण थियो । त्यही गुणले उहालाइयुवाहरुका लागि आदर्श व्यक्तित्व बनाइ दिएको छ । शिक्षा,विकास र रोजगारीका लागि उहाँले स्थानीय जनतामा पुर्याउनु भएकोयोगदान अन्य समाजसेवीहरुका लागि पनि अनुकरणीय छ ।
शायद शिक्षाप्रतिको विशेष रुचीले गर्दा नै उहाँले आजभन्दा तीन दशक अगाडि नै आफ्नो थातथलोमा वी.पी.प्राथमिक विद्यालयकोस्थापना गरी त्यसको सम्पूर्ण दायित्व वहन गर्नु भएको आजै जस्तो लाग्छ । स्थानीय गणेश मा.वि.को विकास र स्थायित्वका लागि उहाँलेपुर्र्याउनु भएको योगदान मात्र होइन, कार्यथलो बनाउनु भएको काठमाडौं महानगरपालिका–६ स्थित महांकाल मावि को व्यवस्थापनसमितिको अध्यक्ष भएर त्यसको श्रीबृद्धि र सवलीकरणका लागि गरेका प्रयासलाई जति प्रशंसा गरे पनि कमी नै हुन्छ । अझ जे.पी. प्रतिष्ठानको माध्यमबाट शिक्षा क्षेत्रमा उहाँले खेलेको भूमिका शिक्षाप्रति अलिकति पनि आस्था राख्नेहरुका लागि मार्गदर्शक बन्नसकेको र उहाँको प्रेरणाले राजनीति, समाजसेवा, रोजगारी र व्यवसायको क्षेत्रमा क्रियाशील हुनेहरु आफू मात्र नभएर आफ्नो समाज रदेशलाई नै मार्गनिर्देश गर्न सक्ने भएका उदाहरणहरु धेरै छन् ।
मित्रसेन दाइ संगको राजनीतिक र व्यवसायिक यात्राका आधारमा यति भन्न सकिन्छ कि उहाँ एउटा परोपकारी राजनीतिज्ञ हुनुहुन्थ्यो रसफल व्यवसायी पनि । दुर्बल स्वास्थ्यका बाबजुद पनि उहाँले आफु र आफु भन्दा कम्जोर जनहरुका लागि गर्नु भएको संघर्ष र उपलब्धीआम जिज्ञाषुहरुका लागि प्रेरणाको स्रोत बन्नसक्छ।
मृगौला प्रत्यारोपण पचश्चात उहा्ले आफ्नो संपुर्ण समय राजनिति र समाजसेवामा लगाउनुभयो फलस्वारुप काठमाडौको लप्सेफेदीमाउहॅाले जेष्ठ नागरिकहरुका लागि तयार गरेको मैत्री सेवा आश्रामको भव्य संरचना हामीलाई छोडेर जानु भएको छ।
मित्रसेन दाहालले छोडेर गएको संरचना र उहाांको अधुरो रहेको परिकल्पना पुरागर्ने दायित्व हामि संपुर्ण शुभचिन्तक र आफन्त हरुकोरहेको र यस्लाइ पुरागर्न हरहमेशा आफु लागिरहने प्रतिबद्दता जनाउदै हार्दिक श्रदान्जलि ब्यक्त्त गर्दछु!!तपाइको भौतिक शरिर हामिबिच नरहे पनि हाम्रो स्मृतिमा सदा सर्बदा वॅाचिरहनु हुनेछ, तपाईको आत्मालाई शान्ति मिलोस,,