चितवन,फागुन २० गते चितवन प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्ने निर्णय लिनुपर्ने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहलाई नेतृत्व मानेर जान कांग्रेस तयार हो त?, भन्ने पत्रकारको जिज्ञासामा पौडेलले त्यसमा पोजेटिभ हुन सकिने प्रतिक्रिया दिए,त्यो सम्बन्धमा पार्टीमा छलफल चल्छ, राम्रो छलफल हुन्छ,’ उनले भने।
पौडेलले, प्रधानमन्त्री केपी शर्मा ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकाले उनलाई सहयोग गर्न कांग्रेसको नैतिकताले नदिने ,देशको राजनीतिमा समस्या पैदा भइसकेको भन्दै यथास्थितिलाई अब रहन दिन नहुने बताए।
पत्रकारले थप जिज्ञासा राखे, ‘प्रचण्ड–नेपाल समूहले तपाईलाई राष्ट्रपति बन्ने अफर गरेको छ रे, त्यहीँ भएर समर्थन गरेको हो कि?’
उनले, जवाफ दिए, ‘म बाँचुञ्जेलसम्म यो लक्जरियस पदमा गएर थान्को लागेर बस्ने मान्छे होइन, म लड्ने मान्छे हुँ प्रधानमन्त्री पद पनि छाडेको छु,देशको पहिलो राष्ट्रपति बन्न तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई प्रस्ताव गरेकोसमेत बताएका थिए ।
‘म प्रथम राष्ट्रपति हुन छोड्या मान्छे हो, गिरिजाबाबूलाई राष्ट्रपति हुन नदिने भए उहाँले बोलाएर राष्ट्रपतिका लागि नम्बर एकमा रामचन्द्र जी, दुईमा रामशरण जी, तीनमा रामवरण र चारमा शेरबहादुर जी भन्नुभयो, मैले चाहीँ लोकतन्त्रको लडाईँ अझै पनि बाँकी छ त्यो लडाई म मैदानमा बसेर लड्न चाहन्छु म राष्ट्रपतिमा थान्को लाग्न चाहन्न भनेँ,’ पौडेलले भने, ‘अहिले पनि यो लडाईँ जारी छ।’
उनले संविधानसभा असफल भएको दिन प्रचण्डले प्रधानमन्त्रीको कक्ष बालुवाटारमा सबै नेतालाई बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि आफूले अस्वीकार गरेको दाबी गरे।
देश र राज्यको सिद्धान्तलाई मानिदिनुस् बाबुरामजीले अहिल्यै छाडिदिनुहुन्छ तपाईँ प्रधानमन्त्री भएर जाने, संविधान पनि पास गर्ने भन्दा मैले जात–जातको राज्य मानेर प्रधानमन्त्री त के इन्द्राशन पाए पनि मलाई चाहिँदैन भनेको हो, ‘त्यहीँ बेलामा छोड्या हो प्रधानमन्त्री उनले भने ।
कांग्रेसलाई प्रचण्डले बारम्बार धोका दिएको प्रसंगमा पौडेलले कसले कसलाई धोका दियो भन्ने कुरा राजनीतिमा रहिनरहन्न, प्रधानमन्त्री ओलीलाई यतिखेरको राजनीतिको दोषी र अभियुक्त केपी ओलीबाहेक अरूसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने उनले बताए ।
यद्यापी उक्त सहयोग सरकारमा नगई पनि गर्न सकिने उनको भनाई थियो। उनले सरकारमा किन जाने, कसरी जाने, के रूपमा जाने भन्ने विषयमा भने अपरान्ह बस्ने पदाधिकारी बैठकमा छलफल हुने समेत बताए ।
पत्रकारले तपाईँले सानो चित्त गर्नुभयो भन्ने सभापतिको गुनासो छ नि?, भनेर सोध्दा पौडेलले देउवाको बुझाईमा पूर्णता नदेखिएको हो, जवाफै दिनुपर्ने गरेर मैले बोल्या जस्तो लाग्दैन, जवाफ दिन तिर नलागेको भए उहाँलाई नै राम्रो हुन्थ्यो,उहाँले त्यसरी बुझ्नुभयो तर उहाँको बुझाईमा पूर्णता ठानिनँ मैले। अपूर्णता देखेँ उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी भने संसदबाटै फुट्ने,नेपालमा दलले संसद बनाउँछन्, बेलायतमा संसदले दल जन्माउँछ तर हाम्रोमा कम्युनिष्ट पार्टी संसदमा गएर फुट्दैछ,निर्वाचन आयोग कर्तयच्यूत भइरहेको छ, समयमै निर्णय दिनुपर्दथ्यो, आलटाल गरेर, मुख हेरेर बसिरहेको छ। अब कम्युनिष्ट पार्टी संसदमा गएर फुट्छ पौडेलले बताए ।
आगामी फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूह बैठकमा कसरी प्रस्तुत होलान्, नेपाली कांग्रेसले कुन समूहलाई साथ देला भन्ने जिज्ञासा सर्वत्र छ।