गौरव राई
गजल
हेर्छु, कसरी बाँच्ने रहेछौ दुर भएर ।
जान त गएछौ मबाट भरपुर भएर ।।
कुल्चिएछौ यो प्रेम, पोल्नेछ जरुर ।
फर्कीनेछौ दुई दिनमै आतुर भएर ।।
अझै त बुद्वि छ, हातखुट्टा चल्छन ।
जिउन सक्छु म पनि महसुर भएर ।।
विदाइको बेला,खुशीले जाउ प्रीय ।
किन छुट्छौ रिसै रिसले चुर भएर।।
130
Shares