काठमाण्डौ,फागुन २३ गते पिताम्वरध्वज खाती केही समययता देखि स्वासप्रश्वास, मधुमेह रोगबाट ग्रसित थिए भने उहाँ की धर्मपत्नी पनि डिमेन्सिया रोगबाट ग्रसित थिईन् अचानक उहाँ दुबैजनामा आफ्नै निवासमा स्वास्थ्यमा समस्या देखिएपछि परिवारले उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । यहि फागुन १२ गते दिउँसो १.३० बजे उहाँ दुबैजनाको निधन भएको हो । पति,धर्मपत्नीको मृत्यु सँगै अन्त्यष्ठि पनि एकै ठाउँ (चिता) मा गरिएको थियो ।
खाती, वि.स.२०१३ मा शिक्षा क्षेत्रमा प्राथमिक तथा माध्यमिक तहः गोरखपुर, दरबार हाईस्कूल, पद्मोदय हाईस्कूल तानसेन, पाल्पा उच्च माध्यमिक तहः आई.ए.–त्रिचन्द्र कलेज, वि.ए–काँशी हिन्दु विश्वविद्यालय, वनारसमा आफ्नो अध्यान पुरा गरेका थिए ।
अध्ययन पश्चात तानसेन पाल्पाको पद्मोदय हाईस्कूलमा शिक्षकको रुपमा सेवा प्रवेश गरी प्रधानाध्यापक भई लामो समयसम्म कार्य गरेको र कलेज स्तरमा समेत अध्यापन कार्यमा लगायत शैक्षिक, सामाजिक, राजनीतिक तथा अध्यात्मिक क्षेत्रमा उहाँको ठुलो योगदान रहेको पाईन्छ ।
खाती,वि.स २०२१ देखि २०३५ सालसम्म पाल्पा जिल्लाबाट लगातार ३ पटक राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुन् । खाती वि.सं २०२९ साल देखि २०३५ सालसम्म विभिन्न मन्त्रालयहरुमा मन्त्रीपदमा रहनु भएको थियो । जसमध्ये गृह तथा पञ्चायत राज्यमन्त्री, निर्माण यातायात तथा उर्जा राज्यमन्त्री, स्वास्थ्यमन्त्री, उद्योग वाणिज्य मन्त्री र न्याय तथा कानुन मन्त्री समेत रहेर काम गरेको र श्रीकृष्ण प्रणामी सेवा समिती, नेपालको अध्यक्ष, कृष्ण प्रणामी प्रतिस्ठान, नेपालको अध्यक्ष समेत रहेर काम गरेका थिए ।
देशलाई दिएको योगदान प्रति सम्मानका साथ उनले विभिन्न विदेशमा भ्रमण गर्ने अवसर पनि जुट्यो पिताम्वरध्वजले कुन कुन देश गरे त विदेश भ्रमण ? विदेश भ्रमणः यूरोप, अफ्रिका, सोभियत संघ, हङकङ, थाइलैण्ड, भारत
–अन्तर पार्लीयामेन्ट्री सम्मेलन पेरिस वि.स.२०२७, जेनेभा २०३०, अन्तर पार्लीयामेन्ट्री अधिवेशन, क्यामरुन अफ्रिका २०२८, कोट डे आईभोरी २०२९, अन्तर पार्लीयामेन्ट्री परिषद् बैठक बुचारेष्ठ २०३०, अन्तराष्ट्रिय वातारणीय पार्लीयामेन्ट्रीयन सम्मेलन नाईरोवी केन्या २०३० ।
उनको वाल्यकाल देखिनै धैयर्तापूर्वक कार्य गर्ने, आफन्तजनमा स्नेह, पे्रम गर्ने बानी थियो । लेखपढ, लेख रचनामा रुची राख्ने, उहाँका लेख रचना त्यतिबेलाका पत्रत्रिकाहरुमा प्रशस्त पाइने गर्दथ्यो । जनताहरुबीच नजिकको समझदारीको बढवा हुनुपर्ने विश्वास राख्नु हुन्थ्यो । अन्तराष्ट्रिय राजनीतिक क्रियाकलापहरुमा चनाखो रहनु हुन्थ्यो । वि.स. २००७ सालको जनक्रान्तिमा सहभागि हुनुहुन्थ्यो ।
नाम–पिताम्वरध्वज खाती
जन्म–१९८९ कार्तिक २७ गते (लक्ष्मिपूजाको दिन)
जन्मस्थल– गैरगाँउ तानसेन, पाल्पा
बुवाको नाम– सुब्बा टेकध्वज खाती
आमाको नाम– लक्ष्मीदेवी खाती
श्रीमती– शिवकुमारी खाती (जन्म–वि.स. २००१ मंसिर ८, शिक्षा–एम.ए., नेपाल खाद्य संस्थानको अधिकृत स्तरबाट अवकाश प्राप्त)
वैवाहिक सम्बन्ध– वि.स. २०१४
छोरा–१, छोरी–४, नाती–५, नातिनी–४
हार्दिक श्रद्धाञ्जली
स्व.पिताम्वरध्वज खाती स्वर्गारोहण
जन्ममितिः वि.स १९८९÷०७÷२७ गते वि.स २०७७÷११÷१२ गते
स्व.शिवकुमारी खाती
जन्ममितिःवि.स २००१÷०८÷०८
हाम्रा प्रातः स्मरणीय श्रद्धेय वुवा, ससुरा, हजुरवुवा पिताम्वरध्वज खाती तथा ममतामयी आमा, सासु, हजुरआमा शिवकुमारीको खातीको २०७७ फागुन १२ गते भएको स्वर्गारोहणबाट हामी अत्यन्तै दुखित तथा मर्माहत छौं । आज १३ औं दिनको पुण्यतिथिमा श्री परमेश्वरसँग दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै यस दुखद घडीमा हामीप्रति सहानुभूति एवं सान्त्वना व्यक्त गर्नुहुने सम्पूर्ण परिवार, इष्टमित्र, बन्धुबान्धव, कुलकुटुम्व, आफन्तजन, छरछिमेकी, विभिन्न संघ संस्थाहरु लगायत समस्त शुभचिन्तक महानुभावहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।
छोरा÷बुहारी
सन्तोषकुमार खाती÷बन्दनाा खाती
छोरी÷ज्वाई
सम्झना केसी÷डा.बालकुमार केसी
बन्दना कार्की÷धीरेन्द्रकुमार कार्की
कामना खडायत÷राजेन्द्र खडायत
रत्ना केसी÷सञ्जय केसी
नाती÷नातिनी÷नातिनी बुहारी÷नातिनी ज्वाई
सम्बन्ध खाती÷सम्वृद्ध खाती
डा. अनादी केसी, डा.मुना केसी÷डा.आश्मा केसी
शाश्वत कार्की÷ई.संरक्षा कार्की, सेनानी सुरेश केसी
करिसाश्री खडायत
सम्वेग केसी÷सम्वारिका केसी तथा समस्त खाती परिवार