प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी कसको हो–नेता रावल

काठमाण्डौ,फागुन २३ गते नेकपाको प्रचण्ड र माधवकुमार नेपाल पक्षका सांसद भीम रावलले सर्वोच्च अदालतको फैसलामाथि प्रश्न गरेका छन्,सर्वोच्च अदालतले नेकपाको नाम सम्बन्धि मुद्दामा फैसला गर्दै पूर्व एमाले र पूर्व माओवादी ब्युताँएको छ।

उनले भने,सर्वोच्चबाट भर्खर समाचार पढ्न पायौँ, निर्वाचन आयोगले गरेको जुन फैसला थियो, नेकपालाई जुन दर्ता गरेको थियो, एउटा आश्चर्यजनक कुरा सुनेका छौँ।

अब सर्वोच्च अदालतले पार्टी निर्माण गर्ने रे’, रावलले भने, ’यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो विचार विमर्श गर्नुपर्ने अबस्था आए छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी कसको हो भन्ने पनि प्रश्न समेत उनले गरेका छन्।
यदि नेपाल कम्युनिष्ट पार्टी नेकपा होइन भने वर्तमान प्रधानमन्त्रीजी कुन पार्टीका हुन् त्यो कुरा भन्नुप¥यो, प्रधानमन्त्री कुन पार्टीको हो?भन्दै रावलले प्रश्न समेत गरे ।