किङ्गस वनमा एक सय विध्यार्थी भर्ना गरे साढे दुइ करोड बोनस
सुरेशराज शर्मा
काठमाडौ: नेपाली विध्यार्थीको लागि आकर्षक उच्च शिक्षाको केन्द्र बनेको छ अस्ट्रेलिया । यतिखेर करिब ६५ हजार नेपाली विध्यार्थी अस्ट्रेलियामा उच्च शिक्षामा अध्यनरत छन भने उनिहरुका परिबारसम्म गन्ने हो भने यो संख्या ७५ हजारको हाराहारीमा पुग्ने गर्दछ ।
नेपालीहरुको आकर्षकको केन्द्रबिन्दु बनेको अस्ट्रेलियाको शिक्षाको स्तरको मापन गर्ने हो भने यहाँं बिश्वबिख्यात बिश्वबिद्यालयदेखि नेपालका ट्युसन सेन्टर जस्ता निजी कलेजहरुसम्म रहेका छन ।
आफुले के पढने भन्दा पनि कस्तो शिक्षा लिन अस्ट्रेलिया जाने भन्ने बिषय यतिखेर महत्वपुर्ण मानिदै आएको छ । उच्च शिक्षामा नाम कहलिएका बिश्वबिद्यालयहरु निकै महंगा छन र स्तरिय पनि । निजी क्षेत्रमा खोलिएका निजी कलेज र उच्च शिक्षालहरुको पढाइ र सिकाइ केहि बेग्लै पाइन्छ । हुन त ब्याचलर र मास्टर्स लेभलका पढाइहरुको पाठ्यक्रम उस्तै उस्तै भएपनि बढ्दो प्रतिस्पर्धा र बिध्यार्थी आकर्षित गर्ने खेलले भने निजी शिक्षालयलाई निकै पीरोलेको देखिन्छ । यसरी पढाइ र सिकाइ भन्दा बिध्यार्थी भर्ने प्रतिस्पर्धाले यहाँंका कतिपय शिक्षालयहरुको पढाइको स्तरमाथि पनि प्रश्न चिन्ह उठाउन थालिएको छ ।
हालै अस्ट्रेलियाको सीड्नीवाट प्रकाशित हुने चर्चित सीड्नी मर्निङ हेराल्डले एक खोजि रिपोर्ट प्रस्तुत गर्दै अस्ट्रेलियाका केहि उच्च शिक्षालयहरुले बिध्यार्थी भर्ने होडबाजीमा पचास प्रतिशत सम्म कमिशन दिइने कारण पढाइको स्तर बिग्रदै गएको आलेख प्रस्तुत गरेको छ । निजि शिक्षालयहरुले डिप्लोमा र एडभान्स डिप्लोमा तहमा त कमीशनको प्रतिस्पर्धाले यति बढिसक्यो की त्यसले गर्दा उनिहरुले शिक्षामा चाहेजती ध्यान समेत दिन नसकेको देखिन्छ, हेराल्डले लेखेको छ । एउटा बिध्यार्थीको भर्ना बापत पन्ध्र, बिस प्रतिशत सम्म त ठिकै हो तर पचास प्रतिशत कमिशन दिन थालेपछि त्यसले के पढाउने र पढाइको स्तर कस्तो हुने प्रश्नचिन्ह उठन थालेको छ । यहाको एउटा उच्च शिक्षालय किङ्गस वन इन्सिच्युटले त कमिशनसँंगै बोनसको यती ठुलो अफर गरेको छ की त्यसले पनि निजी शिक्षालयहरु शैक्षिक स्तर माथिनै प्रश्न चिन्ह उठाएको छ । यस केओआइ नामक कलेजले एजेन्टलाई एक सय बिध्यार्थी भर्ना गरे तिन लाख डलर अर्थात नेपाली लभभग दुइ करोड पचास लाखरैपैयाको अफर गरेको पत्र सर्वाजनिक भएपछि यसले निकै चर्चा पाएको छ । सरदर कमिशन बाहेक बोनसका रुपमा गरिएको यो अफर लेटरमा भनिएको छ एकदेखि दुइ जनासम्म भर्ना गरे प्रतेक विध्यार्थी ५ सय डलर, तिनदेखि २५ विध्यार्थीका लागि जनही एक हजार डलर बोनस र २६देखि ६५ जनासम्म भर्ना गरे प्रति बिध्यार्थी दुइ हजार डलर बोनस र ६६ देखि ९९ जना भर्ना गरे प्रतेक विध्यार्थी बराबर २५ सय डलर कमिशन तथा एक सय वा सो भन्दा बढि विध्यार्थीका लागि जनही तिन हजारको दरले कमीशन दिइने कलेजले जनाएको छ । सीड्नीमै सस्तो मानिएको केओआइले दिएको यस अफरले विध्यार्थीको पढाइ र गुणस्तरभन्दा बढि बलेजको ध्यान भर्नातिर बढि गएको भन्न बुझन सकिन्छ । यो कलेज नेपाली विध्यार्थीहरुको निकै लोकप्रीय कलेज भएको र कलेजमा नेपाली विध्यार्थीहरुको बाुहल्यता रहेको देखिन्छ । यस्तो परिस्थीतीमा नेपालवाट आफ्ना छोरा छोरीलाई अस्ट्रेलिया पढाउन कस्तो कलेजमा पठाउने बारे भन्ने सोच्नु पर्ने देखिएको छ ।
पढाइका हिसाबले अस्ट्रेलियाका बिश्वबिद्यालयहरु नराम्रा मानिदैनन । बिश्व वरियताक्रमका बिश्वबिद्यालय पनि छन अस्ट्रेलियामा र ती अत्यन्तै महंगा पनि छन अनि स्तरिय पनि । तर भेट शिक्षाका नाममा खोलिएका कयैन कोठे कलेजहरुको पढाइ र सिकाइ हेर्ने हो भने त्यसमा कुनै शैक्षिक स्तर र जिवनको भर भने देखिदैन । भेटमा पनि सरकारी टेफ कलेजको शिक्षा फरक र अलग रहेको छ ,त्यो बिकाउ र टिकाउ पनि देखिन्छ । तर कतीपय निजी कलेजहरुमा सर्टिफीकेट अनि डिप्लोमा र एडभान्स डिप्लोमाको शिक्षा र यसको उपयोगिता भने कमाउ र वाटो फुकाउका रुपमा रहेका छन । हामीले अस्ट्रेलियामा रहेका सबै भेट कलेजलाई खराबै भन्न खोजेको भने होइन,त्यसमा राम्रा पनि छन अनि अली अली हाम्रा पनि छन । फरक रोजाइ अनि शैक्षिक भोगाइको आधारमा केहि भेट कलेजहरुले पनि आफ्नो शैक्षिकस्तरलाई गुणस्तरीय बनाउन सकेका पनि छन तर ती औलामा गन्न सकिने मात्र छन ।
प्राविधिक शिक्षा अर्थात भेट कोर्सहरु सस्तोमा पढदै पैसा बचाउन र भिषा बचाउन भने उपयोगी कोर्स हो भन्दा फरक पर्दैन ।
तथ्यांक हेर्ने हो भने पचास प्रतिशत नेपाली बिध्यार्थीहरु भेट शिक्षामै अस्ट्रेलिया आएको देखिन्छन । केहि सस्तो ,सहज पढाइ र काममा वाटो फुकाइको यो माध्यमले अबका दिनहरुमा अस्ट्रेलियामा स्थायीत्व भने चुनौती बनिसकेको छ । अस्ट्रेलियाको हकमा मात्रै चलनचल्ती अनि उपयोगमा आउने यस्ता अध्यन र प्रमाणपत्रहरु नेपालमा समेत शैक्षिक योग्यताको सुचिमा पर्दैनन । एउटा कुरो के हो भने कम खर्च गरेर काम गर्ने अनि पैसो कमाउनेका लागि भेट कलेज उपयोगी शिक्षा भने पक्कै हो ।
बग्रेल्ती खुलेका कलेज, पचास प्रतिशतसम्मको कमिशन, पढाइ कम, हाजिरी ज्यादा जस्ता कारणले भेट शिक्षाले अस्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा बिध्यार्थीलाई शिप र योग्यताको कसीमा बाध्न सकेको छैन । बर्षेनी अस्ट्रेलियन सरकारले एक सय भन्दा बढि भेट कलेजहरुको दर्ता खारेजीले पनि यो शिक्षाको शैक्षिक स्थीती र बिग्रदो परिस्थीतीलाई उजागर गरेको देखिन्छ । अस्ट्रेलियन शीक्षा नितीको भावना र त्यसमा रहेका कमी कमजोरीमा फाइदा उठाउने शैक्षिक गिरोहहरुको कारण पनि कयैन भेट कलेजहरु मापडन्ड पुरा गर्न नसकी कारबाहीमा परेको देखिन्छन ।
बिश्व बिद्यालय र यससँंग आवद्ध संकायहरुमा पढदैगर्दा यसको महत्व र सिकाइले पनि अर्थ राखेको देखिन्छ र त्यस्तो शिक्षा ब्यर्थ गएको पनि छैन । यस कारण पनि बिश्वबिद्यालयमा पढन आएका बिध्यार्थीहरु स्थायीत्व र व्यबशायीक कामको सवालमा अग्रस्थानमा रहेको देखिन्छन ।
डीस्टीङसन ल्याएर नेपालवाट अस्ट्रेलिया आएको एउटा विध्यार्थी तिन चार बर्षसम्म डिप्लोमा र एडभान्स डिप्लोमा गर्दै पढाइ आधा काम ज्यादा गर्दै हिड्न थालेपछि उसको दिमागमा डलर र बिदेशी कलरले छपक्कै बास गर्न थाल्छ । यसरी पढाइ बिगार्न थालेपछि अनि.डलर र कलरमा हिड्न थालेपछि विध्यार्थीहरुको बेहाल सुरु हुन्छ । अहिले पछिल्लो परिस्थीतीमा पनि नेपाली विध्यार्थीहरु ठगिनेक्रम जारी छ । अस्ट्रेलिया गइएला र कमाइएला भन्ने सोचमा यताका कलेजमा भर्ना भएका विध्यार्थीहरु कोरोनाको मारमा थलिन थालेका छन ।
कोरोनाको माहामारीले भिषा लागेर पनि आउन नपाएका र कतिपय काम बिशेषले स्वदेश फीरेका नेपाली विध्यार्थीहरु आर्थिक तथा घरेलु समस्याका मारमा पर्न थालेको पीडित विध्यार्थीहरुले बताएका छन । विश्वबिद्यालय तथा कलेजमा भर्ना भएका ती विध्यार्थीहरुलाई अस्ट्रेलियन शैक्षिक निकायले अनलाइन मार्फत अनिवार्य कक्षामा उपस्थीत हुन दबाब दिएपछि महंगो फीको मारसँंगै मानसिक तनाबमा पनि परेको पीडित विध्यार्थीले सुनाए ।