एकसपर्टको नया लोगो

अठार बर्ष लामो शैक्षिक यात्रामा आफ्नो सेवालाई बिभिन्न मुलुकमा बिस्तार गर्न सफल एक्सपर्टले आफ्नो पहिचानलाई उजिल्याउने सन्दर्भमा नया लोगो सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ । एक हजार डलर धनराशीको लोगो प्रतियोगिता गरेरे त्यसवाट छानिएको उत्कृष्ट लोगोलाई एक्स्पर्टले आफ्नो
ब्रान्डमा जोडेको हो । सो प्रतिस्पर्धामा भारतका डिजाइनर आमीर खानले पहिलो स्थान प्राप्त गर्दै एक हजार डलर हात पारेका थिए ।
नेपाल , भारत ,बंगलादेश लगायत १३ राष्ट्रमा आफ्नो शाखा बिस्तार गर्न सफल एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले एक प्रतिस्पर्धाबिच आफ्नो नया लोगो छानेको हो ।
कर्पोरेट बिजनेशमा निलो कलरलाई प्राथमिकताका साथ अगाडि बढाएको एक्सपर्टले भारतमा रहेको डिजाइनर आमिर खानको डिजाइनमा नया लोगो तयार पारेको हो । शैक्षिक परामर्श सेवामा अस्ट्रेलियामा डेढ दशकको यात्रा पार गरेको एक्स्पर्टले आधुनिक युगमा नया आयाम कोर्न र आफ्नो बिश्वासलाई दिगो पार्न पनि नया पहिचान सहितको लोगो प्रयोगमा ल्याएको यसका निर्देशक सन्जिव शर्माले बताए ।
१८ बर्ष अगाडि एक्सपर्ट प्रारम्भ गर्दा बनाएको लोगोले हाम्रो ब्रान्डिङ गरेपनि यसैसँंग मिल्दोजुल्दो रंगमा नया पहिचान सहित आधुनिक पहिचानयुक्त लोगो अहिलेको आवश्यकता रहेको शर्माले सुनाए ।
१३ देशमा ४० भन्दा बढि शाखाहरुको बिस्तारसँंगै एक्सपर्टले आफ्नो पहिचानलाई थप शसक्तीकरण गर्नुपर्ने आवश्यकता अनुरुप हामीले नया लोगो प्रतिस्पर्धा मार्फत अगाडि ल्याएका हौ ,एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले सुनाए । यही मार्च १९ तारिखदेखि प्रयोग हुने गरी कम्पनीले आफ्नो नया लोगोलाई आधिकारीक रुपमा अगाडि बढाएको छ । अबका दिनमा एक्सपर्टका सबैखाले काम कारबाहीमा नया लोगोको प्रयोग हुने निर्देशक अर्यालले सुनाए ।