अमेरिकामा उज्वललाई नवौं किर्तिमान

अमेरिका डिसी महानगर क्षेत्रमा करिव दुई दशक देखि बस्दै आएका उज्जल ठकुरीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा ९ पटक आफ्नो नाम लेखाएर किर्तिमानको रेकर्डनै कायम गरेका छन । मार्शल आर्टका विविध बिधामा निकै उत्कृष्टताको नमुना पेश गर्दै ठुकरीले एकपछि अर्को किर्तिमान थप्दै गएका हुन ।
यस पटक भने नवौ किर्तिमान कायम गर्ने क्रममा उज्जवल ठकुरीले पाकिस्तानका किर्तिमानधारी मोहम्मद रशिदलाई पछि पारेका हुन ।

पाकिस्तानका रशिद बिभिन्न विधामा बिश्व किर्तिमान गर्ने उत्कृष्ट खेलाडी मध्ये एक हुन । ठकुरीले हालसालै भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको किर्तीमानलाई भंग गरेको केही समय मै पुन पाकिस्तानका शीर्ष खेलाडीको किर्तिमानलाई भंग गर्दै गिनिज बिश्व किर्तिमानमा नवौ पटक आफनो नाम लेखाएका हुन ।
रशिद पाकिस्तान एकडेमी अफ मार्शल आर्टका प्रमुख समेत हुन । भने उनले राखेको दुवै बिश्व किर्तिमान ठकुरीले तोडेका छन ।
भर्खरै कायम गरेको नया किर्तिमानचै ५ केजीको एकंल वेट बाधेर ४ फिट माथि किक प्याडमा १ मिनेटमा ८३ चोटी घुडा प्रहार गरेर बनाएका हुन ।
किर्तिमानहरु तोडिनका लागि बन्छन भन्ने मेरो धारणा हो, जसका कारण म सधै नया नया किर्तिमानहरु कसरी कायम गर्न सकिन्छ भनेर सोचिरहन्छु । यसका लागि मेरो परिवारले पनि मलाइ साथ र सहयोग गरेको छ । मेरो चाहना भनेको अमेरिकामा रहेर पनि नेपालको झन्डालाई सधै फहराइरहनु हो , ठुकरीले सुनाए ।