परिवारवाट टाढा रहेर एक्लोपन महशुस गर्नेहरुका लागि मनको बह पोख्न सकुन भन्ने उद्देस्यका साथ अस्ट्रेलियाको सीड्नीमा रहेको असनेप आइटी सोलुसनले आइकनफेस नामक एप्स बजारमा ल्याएको छ ।
अष्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुको प्रयासमा ‘आइकनफेस’ नामक एक एप्स सञ्चालनमा ल्याइएको हो । विशेषत कोरोना महामारीका र यसको प्रभावका कारण एकलोपन महशुस गरिहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एप्स सञ्चालनमा ल्याएका हुन् । आइटी सोलुसनका सिइओ विवेक क्षेत्रीका अनुसार यो एप्स मार्फत मानिसहरुले आफ्नो मनका बहहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नामलाई गोप्य राख्न सक्ने सुविधा पनि छ । बास्तबमै बिदेशमा अध्यन गर्न आएका विध्यार्थी हुन वा अन्य भिषामा रहेर संघर्ष गरिरहेका युवा जमात सबैमा पीडाभाव र एक्लोपनले कहि न केहि सताउने गर्छ यस्तो परिस्थीतीमा आफ्ना मनका बहहरु पोख्ने एउटा माध्यम बन्न सकोस भन्ने हेतुले हामीले यो एप्सको प्रारम्भ गरेका हौ , विवेकले सुनाए । त्यती मात्र होइन कतिपय अवस्थामा मानिसहरु डिप्रेसनमा परेका पनि हुन्छन र उनीहरुले यो एप्स मार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न पनि सक्छन् ।’
‘यो एपमार्फत प्रयोगकर्ताले आफूलाई माया गर्ने पुरुष वा महिलालाई पनि आफ्ना भावना प्रस्तुत गर्न सक्छन् । आफ्ना मनका कुरा एप्समार्फत व्यक्त गरेर मन हलुका बनाउन समेत यसले मद्दत पुग्न सक्ने बिश्वास लिएका छौ ,विवेकले यसको उद्देस्यबारे प्रष्ट पारे ।
साच्चीनै बिदेशमा अध्यन गर्न आउने विध्यार्थीका लागि आफ्ना कथा ब्यथा पोख्ने एउटा राम्रो माध्यम आइकनफेस बन्न सक्छ , एकाका अध्यक्ष भुपाल सिटौलाले सुनाए । यो एकान्तको साथी र आवश्यक परे सल्लाह सुझाबको माध्यम पनि बन्न सक्ने छ । ब्यक्तीगत तबरले गालि गलौज र अपशब्दको प्रयोगमा भने एप्सले प्रतिवन्ध लाउन सक्ने छ ।
सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले भविष्यमा अझ राम्रा राम्रा एप्समार्फत प्रयोगकर्तालाई सुविधा दिने सुनाए । असनेप सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।
सोलुसनका प्रोजेक्ट मेनेजर शिखर थापाले भविष्यमा अझ राम्रा राम्रा एप्समार्फत प्रयोगकर्तालाई सुविधा दिने सुनाए । असनेप सोलुसनको नेपालमा पनि शाखा रहेको छ ।प्रयोगकर्ताले एप स्टोरमा https://apps.apple.com/au/app/