बार्सिलोनाका लियोनल मेस्सी सन् २०२१ सम्म आइपुग्दा क्यालटलान क्लबका लागि ‘गोल मेसिन’ सावित भएका छन् । अर्जेन्टिनी स्टार मेस्सीले यस सिजन ला लिगामा २६ खेल खेल्दा २३ गोल र दस असिस्ट गरेका छन् ।
सर्वाधिक धेरै छ पटकका बालोन डी‘ओर विजेता मेस्सीका पछिल्ला पाँच ला लिगा सिजन उत्कृष्ट देखिएको छ । विशेषगरी बक्सबाहिरबाट गोल गर्ने विषयमा । सन् २०१६–१७ को सिजनयता मेस्सीले ला लिगामा बक्सबाहिरबाट ४२ गोल गरेका छन्, जुन उनका खास प्रतिद्वन्द्वी मानिने क्रिस्टियानो रोनाल्डोको भन्दा छ गुणा बढी हो ।
पछिल्ला पाँच सिजन रोनाल्डोले घरेलु लिगमा सात गोल मात्र बक्सबाहिरबाट गरेका छन् । बक्सबाहिरबाट गोल गर्ने सूचीमा टोटनह्यामका कप्तान ह्यारी केद दोस्रो स्थानमा छन् ।
केनले १७ गोल गरेका छन् भने तेस्रो स्थानमा रहेका बार्सिलोनाका स्टार फिलिप्पे कौटिन्होले १६ गोल गरेका छन् । यस्तै म्यानचेस्टर सिटीका स्टार केभिन डी ब्रुयनले १५ गोल बक्सबाहिरबाट गरेका छन् ।
- मेस्सीले आफ्नो करिअरमा कुल एक सय २६ गोल बक्सबाहिरबाट गरेका छन् ।