पोखरा,चैत्र १९ गते आयोजित कास्की जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपालले केपी ओलीलाई हटाएर आफ्नै नेतृत्वमा केन्द्रीय कमिटी बनाउने घोषणा गरेका छन् ।
नेता नेपालले कार्यकर्तालाई निर्देशन दिँदै जिल्ला जिल्लामा संगठित हुन निर्देशन दिएका छन्,कमिटीका बैठकहरू नियमित गर्न निर्देशन दिँदै अब चाँडै आफ्नो नेतृत्वमा केन्द्रीय कमिटि घोषणा गर्ने समेत बताएको छ ।
उनले अब चाँडै केन्द्रीय कमिटी पनि घोषणा गर्ने जानकारी दिँदै जिल्लामा सबै संगठित हुन कार्यकर्तालाई आग्रह गर्दै कमिटी बैठकहरू अब नियमित गर्नुहोस् हामी सबै ठाउँमा संगठित भएर केन्द्रीय कमिटी पनि घोषणा गर्दैछौं भने ।
नेता नेपालले कास्की जिल्लास्तरीय समानान्तर कमिटी बनाएका छन्। धनराज आचार्यको नेतृत्वमा गठन भएको समितिमार्फत उनले त्यहीँबाट समानान्तर कमिटी गठन अभियान सुरु भएको घोषणा गरे।
नेपालसँगै नेता सुरेन्द्र पाण्डे पनि पोखरा पुगेका थिए। समानान्तर कमिटीको सचिवमा होमबहादुर नेपाली तोकिएका छन् भने ७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित समानान्तर टिम घोषणा गरिएको हो ।